×

NMB BANK
NIC ASIA

केही दिन अझै भारी वर्षा–बाढीपहिरोबाट १९ को मृत्यु, रेल किन्ने प्रक्रिया अघि बढ्यो

असार २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वर्षापछिको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने  दर्जनौं घाइते भएका छन् ।  पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ।  तराई विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित


Advertisment
Nabil box
Kumari

    प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

    ओलीले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराएका छन् । उनले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको बताए । 

    यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ । 

    आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ । 

उद्धारमा नेपाली सेना परिचालन

    देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपहिरो गएका क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली खटिएको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि फिल्डमा खटिएको छ । विभिन्न राजनीतिक दलले पनि आफ्ना पार्टीपंक्रिलाई उद्दारमा जुट्न आह्वान गरेका छन् । 
    
केही दिन अझै भारी वर्षा हुने 

    न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । 

    “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उनले भनिन् ।  विशेषगरी शुक्रबार र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरू सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम कहिले भारी वर्षा भइरहने बताइएको छ । 

    बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ । 

    महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ । 
दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।

साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले मौसम तथा बाढीको दैनिक पूर्वानुमानलगायतका सूचना तथा बुलेटिनहरु वेबसाइट, इमेल, सामाजिक सञ्जालमार्फत सम्प्रेशण गर्र्दै आइरहेको विभागका प्रवक्ता एवं वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले बताइन् ।  नदीका जोखिमयुक्त तटीय क्षेत्रमा उच्च सतर्कताको सूचना एसएमएसमार्फत प्रवाह गरिरहेको उनले बताइन् । 

विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीबारदेखि मनसुन थप सक्रिय भएको छ । बिहीबारदेखि नेपालका मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ । जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई शुक्रबार बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ ।

विभागकै  मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउनसक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको छ ।


पर्खाल भत्किँदा तीनको मृत्यु
    
    काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।
     
    उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 


    भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो
सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
 
    निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । 
 
    सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । 

    
    बाढीले बाँध भत्कियो 

    बिहीबारदेखि लगातार परेको वर्षाले खाँडो खोलामा बाढी आउँदा तिलाठी कोइलाडी गाउँपालिका–१ मा बनाइएको बाँध दुई ठाउँमा भत्किएको छ ।
    
    तिलाठीका गाउँ बस्ती जोगाउन बनाइएको बाँध दुई ठाउँमा पाँच÷पाँच फिट भत्किएर बाढी बस्तीमा पसेको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताए । 

    मोरङमा बाढीबाट ७५५ घर डुबान 

    लगातारको वर्षाले मोरङमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । विगत एक सातादेखि परेको पानीले मोरङमा ७५५ घरपरिवार पूर्णरूपमा डुबानमा परी तीन हजार १३ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 
    
    विस्थापित हुनेमा विराटनगर महानगरपालिका अन्तर्गत वडा नं १, २, ४, ७, ८, १२, १९ र १५ तथा जहदा गाउँपालिका वडा नं १ का घरपरिवार रहेका छन् । प्रहरीका अनुसार विस्थापित परिवारलाई महानगरपालिका वडा नं ८ ले ५० थान त्रिपालको व्यवस्था गरेको छ । यसैगरी अन्य पीडित परिवारलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत उपलव्ध गराउने काम भइरहेको छ । 
  केही दिनभित्रै मास प्रिन्टर आउने

    साढे नौ लाखभन्दा बढी ‘स्मार्ट चालक अनुमतिपत्र’ छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ । 

    मास पिन्टर आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । 

सप्तकोशीमा खतराको सङ्केत

दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ । 
    
    शुक्रबार अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरूप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ । 

    काङ्ग्रेसद्वारा उद्धारमा खट्न निर्देशन 
    
नेपाली काङ्ग्रेसले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

    काङ्ग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले उद्धारमा सक्रियतापूर्वक लाग्न पार्टी पङ्क्तिलाई परिचालित हुन निर्देशन दिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x