मिस एसिया प्यासिफिक इन्टरनेशनलको मुख्य प्रायोजक बन्यो किङ्गफिसर

असार २९, २०७६

काठमाडौं- ८० भन्दा ज्यादा देशहरुमा अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा स्थापित तथा रुचाइएको ब्रान्ड भएको किङ्गफिसरले देशको प्रतिनिधित्व गर्ने असाधारण प्रतिभाको खोजीमा दोस्रो मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल २०१९ को लागि मुख्य–प्रायोजन गरेको छ ।

प्रतिभा छनोटको ५१ औं संस्करणका रूपमा आयोजित मिस एसिया प्यासिफिक इन्टरनेशनल,२०१९ मा नेपाली प्रतिभाहरूको सहभागिता हुने छ । यस कार्यक्रममा किङ्गफिसर मुख्य–प्रयोजकका रूपमा रहने छ भने एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइ इ सि स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रूपमा रहनेछ ।


ADVERTISEMENT

किङ्गफिसरले निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई संगीत, फेशन, खाना र खेलकुदका घटनाहरूसँग जोडिएका रोमाञ्चक तरिकाहरूमा संलग्न हुन उत्प्रेरित गर्दै आएको छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालमा यो दोस्रो वर्ष आयोजना भइरहेको छ । यो वर्ष अडिसनको लागि देशव्यापी रूपमा किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने छ र प्रतियोगीहरू मध्ये अन्तिम चरणमा पुगेका सहभागीहरूलाई काठमाडौं ल्याई सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरूद्वारा तीन हप्ताको प्रशिक्षण समेत प्रदान गरिने छ र फाइनल प्रतियोगितामा सहभागी गराइने छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल, २०१९ मा विजेता हुनेले २५ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल,२०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । 

असार २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस