पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
काठमाडौं – क्रिकेट विश्वकपको सेमीफाइनलमा न्युजील्यान्डसँग हारेपछि भारतीय टीममा अनेकौं परिवर्तन गर्न सकिन्छ ।
बीसीसीआईका एक अधिकारीका अनुसार, विराट कोहलीलाई हराएर रोहित शर्मालाई एकदिवसीय र टी२० को नियमित कप्तान बनाउन सकिने सम्भावना छ । कोहली चाहिँ टेस्टका कप्तान बनिरहन सक्छन् ।
आईएएनएस समाचार संस्थासँग कुराकानी गर्दै एक अधिकारीले बताए, ‘टीमलाई झन् राम्रो बनाउन परिवर्तनको प्रक्रिया छिट्टै शुरू गरिनेछ । रोहित शर्माले एकदिवसीय टोलीको कप्तानी सम्हाल्ने बेला भयो अब । उनी यसका लागि मानसिक रूपमा तयार पनि छन् । यसका लागि अहिलेका कप्तान र टीम व्यवस्थापनले पनि समर्थन गर्नुपर्छ ।’
उनले कप्तान कोहली र उपकप्तान शर्माबीच विवाद रहेको भन्ने कुरा अफवाह मात्र भएको बताए ।
उनले भने, ‘पुराना कुरा गर्ने बेला अहिले हैन, अब अगाडिका लागि तयारी गर्नुपर्छ । आगामी विश्वकपका लागि अहिलेदेखि नै तयारी गर्नुपर्छ । नयाँ तरिकाले टीमको तयारीमा विचार गर्नुपर्छ र नयाँ योजना बनाउनुपर्छ । टीमलाई नयाँ तरिकाले हेर्न र केही विशेष क्षेत्रमा परिवर्तन गर्न जरूरी छ । रोहित यसका लागि सबभन्दा राम्रो विकल्प हुन सक्छन् ।’
छिट्टै एउटा समीक्षा बैठक बस्ने पनि उनले बताए । त्यसमा प्रशिक्षक रवि शास्त्री, कप्तान विराट कोहली र चीफ सेलेक्टर एमएसके प्रसाद उपस्थित हुनेछन् ।
एजेन्सी
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...