×

NMB BANK
NIC ASIA

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन, बाढीपीडितलाई काँग्रेस सांसदको ५ दिनको तलब

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

Muktinath Bank

     अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । यस्तै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले सोमबारकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए । 


Advertisment
Nabil box
Kumari

      व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताए ।  पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ । 

Vianet communication
Laxmi Bank

बाढी प्रभावितलाई काङ्ग्रेस सांसदको पाँच दिनको तलब 
 
    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले सोमबार एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ । 

    काङ्ग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६२ नागरिकले ज्यान गुमाएका छन् । कैयौँ नागरिक बेपत्ता, सयौँ घाइते तथा हजारौंँ प्रभावित भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैँ रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको काङ्गे्रसले जनाएको छ । 
 
    काङ्ग्रेसले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको सोमबारको बैठकको अन्य कारवाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ । “यस सम्बन्धमा संसद्मा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भई यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसद्को सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो”, काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

पूर्वउपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ । 

    आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध रु चार करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध रु ५६ लाख ७७ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध रु तीन करोड ७५ लाख ३० हजार भ्रष्टाचार गरेको आरोप छ । 

    बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले रु दुई करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध रु एक करोड ७४ लाख १६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध रु एक करोड चार लाख १६ हजार, उमेशविरुद्ध रु ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

    आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खरिदार शर्माले कार्यालयबाट खरीद भएको सामानको भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग रु ७० हजार घुस मागेको अभियोग लागेको छ ।

    आरोपी शर्माविरुद्ध जरिवाना र कैद सजायको माग गरिएको छ । आयोगले जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय भोजपुरका सिडिइ मोहनबाबु यादवलाई रु एक लाख ८० हजार घुससहित सोमबार पक्राउ गरेको छ । सिँचाइ कार्यक्रमको बील स्वीकृत गर्ने प्रयोजनका लागि सिडिइ यादवले घुस मागेको अभियोग लागेको छ । आरोपी यादवलाई भोजपुर नगरपालिका–७ स्थित फुपू भदैनी होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।  
वायुसेवा निगमको प्रवक्तामा चन्द

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोकेको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

    ट्रान्सफर्मर जल्दा गाउँ अन्धकार 
    
आइतबार राति परेको वर्षा र हावाहुरीले आर्दश कोतवाल गाउँपालिका– ८ जमुनिया टोलमा १५ घर भत्केका छन् भने सयौं रुख ढलेका छन् । घर भत्किँदा लाखांैको क्षति भएको बाराका प्रहरी प्रवतmा रञ्जीतसिंह राठौरले बताए । 
    
    वर्षाका कारण चन्द्रीका साह कानु, चन्देश्वर साह, सुशीलादेवी कानु, वीरेन्द्र साह, जगदीस साह तेली, शेखरोजी आलम, शेख मोमताज, सफरुदिन शेख, उमाशङ्कर साह, राजनारायण साह र शेख नुरमहम्दका घर भत्केका उनले बताए ।  हावाहुरीका कारण ५० केविको ट्रान्सफर्मर जलेको छ भने सात वटा पोलसमेत ढलेको गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले जानकारी दिए । 

    ट्रान्सफर्मर  जल्दा २७५ घर विद्युत् सेवाबाट वञ्चित भएका र अध्यारोमा बस्न बाध्य भएका स्थानीयवासी हरिनारायण कुशवाहाले बताए । 

विवादले बजेट पारित हुनसकेन

    ललितपुर महानगरपालिकाले मङ्गलबार बजेट पारित गर्ने भने पनि अझैसम्म सहमति जुट्न नसक्दा पारित हुनसकेको छैन ।  महानगरपालिकाले यही असार १० गते आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौंथो नगरसभामार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका १० बुँदा संशोधन हुनुपर्ने यहाँका ६६ नगर सदस्य र २६ कार्यपालिका सदस्यले गरेका माग छन् ।

    महानगरभित्र विसं २०२१ र २०३८ मा नापी भएका तथा नभएका जग्गा पुनः नापी हुनुपर्ने, सामुदायिक विद्यालय र कलेजका पूर्वाधार तथा गुणस्तरीय शिक्षा सुधारका लागि अनुदानको व्यवस्था नभएकाले प्रष्ट उल्लेख हुनुपर्ने, महानगरभित्रका ७० वर्षका वृद्धवृद्धालाई निमोनिया रोग लाग्नै नदिन रोग प्रतिरोधात्मक भ्याक्सिनको व्यवस्था र स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्नेलगायतका माग राखिएका छन् । 
        
प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन
    
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढीपहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । 
    
    मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ । 
    
    भेनेजुएलाको प्रतिनिधिमण्डलबाट सङ्घीय संसद् भ्रमण

    नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिए । 

     सो प्रतिनिधिमण्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी छन् ।   नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले जानकारी दिए । 

      दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद सांसदसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । 

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण
    
आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । 
 बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।  

    उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

    कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । 

    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको छ ।  

    विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेका बेलामा गरेका थिए । खगोलविद् तथा वैज्ञानिकका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर भएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताए ।  ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभई  पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने बताइएको छ । एक्काइसौँ शताब्दीमा जम्मा पचासी  चन्द्रग्रहण पर्ने जनाइएको छ । 


नौ बुँदे निर्णय गर्दै सकियो राप्रपाको प्रदेश बैठक 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं– १ को विस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको विस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहेकोे थियो । 

    बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकाले सैद्धान्तिक, वैचारिक, निष्ठा, साङ्गठानिक क्रियाशीलता, इमानदारी र मेहनतको बलमा पार्टीलाई उठाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

    पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले सङ्गठनबिना पार्टीको उद्देश्य प्राप्त नहुने हुँदा सङ्गठनलाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिए । 

    पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले केही दिन अघिदेखि परेको अविरल वर्षाले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै राहत तथा उद्धारमा जुट्न सबैमा आग्रह गरेको छ । साथै बैठकले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणको तत्काल व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । 
    
    यस्तै लोभ, लालच, प्रलोभनका आधारमा योजनाबद्ध रुपमा व्यापक धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै बैठकले आपत्ति जनाउँदै तत्काल धर्म परिवर्तनलाई रोक र संलग्नलाई कारवाही माग गरेको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए । 

बाढीपहिरोमा परी ६७ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । 

    प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच÷पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार÷चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन÷तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई÷दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक÷एक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । 
    
    बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन÷तीन, महोत्तरी र मकवानपुरमा दुई÷दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक÷एकजना बेपत्ता भएका छन् ।

    विपद्मा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।    

बन्दी फरार भएपछि प्रहरी जवान निलम्बनमा

    खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए । 
    
    शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए । 
    
    

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x