×

NMB BANK
NIC ASIA

नौ हजार ५ सय ६९ भूकम्प प्रभावितको पुनः जाँच

असार ३१, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

चितवन – जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छूट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार ५६९ जनाको लाभग्राहीका लागि सिफारिस गरिएको हो । केन्द्रले छानबिन गरी लाभग्राही भए नभएको टुङ्गो लगाउने छ ।

Muktinath Bank

कार्यालयका इञ्जिनीयर सुवास न्यौपानेका अनुसार केन्द्रबाट पठाइएका पाँच हजार र जिल्लामा परेका उजुरी पाँच हजार गरी १० हजारको सर्भे गरिएको थियो । विसं २०७५ चैत १३ गतेदेखि २०७६ असार पहिलो सातासम्म गरिएको सर्भेका आधारमा उनीहरूको सिफारिस गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्भेका लागि जिल्लाका सातै स्थानीय तहमा गरी २३ प्राविधिक परिचालन गरिएको थियो । उनीहरूले कार्यालयमा जेठ मसान्तसम्म आएका गुनासोको सर्भे गरेका थिए । सर्भेका क्रममा सबैभन्दा बढी कालिका नगरपालिकामा दुई हजार ४४३ घरधुरी सर्भे गरिएको थियो भने सबैभन्दा कम माडी नगरपालिकामा २६ घरधुरी सर्भे गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

यस्तै राप्ती नगरपालिकामा दुई हजार २६०, रत्ननगर नगरपालिकामा एक हजार ५५३, इच्छाकामना गाउँपालिकामा एक हजार ४१८, खैरहनी नगरपालिकामा एक हजार २०८ र भरतपुर महानगरपालिकामा ६७९ घरधुरी सर्भे गरिएको थियो । छूट तथा पुनः जाँच कार्यविधि, २०७५ अनुसार आएका गुनासाको सुनुवाइका क्रममा सर्भे गरिएको न्यौपानेले बताए ।
 
यस्तै कार्यालयले यस वर्ष प्राविधिक आउनुअघि घर निर्माणको काम सम्पन्न गरेका भूकम्प प्रभावितहरूलाई पनि दोस्रो र तेस्रो किस्तावापतको रकम निकासा गर्ने भएको छ । जिल्लामा विसं २०७४ मङ्सिरभन्दा अगाडि निर्माण गरिएका घरहरूको स्थानीय तहको सिफारिसमा रकम वितरण गर्न लागिएको हो । यस्ता घरहरू ५०० रहेका छन् ।

Vianet communication
Laxmi Bank

उनीहरूले पहिलो किस्तावापतको रकम रु ५० हजार लगिसकेका छन् । अब दोस्रो किस्तावापत एक लाख ५० हजार र तेस्रो किस्तावापत रु एक लाख पाउने न्यौपानेले जानकारी दिए ।
 
जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले अहिलेसम्म निजी आवास पुनःनिर्माणतर्फ ४८ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । कार्यालयका अनुसार दुई हजार ९८२ ले घर निर्माण सम्पन्न गरी तेस्रो किस्तावापतको रकमसमेत लगिसकेका छन् । जिल्लामा सात हजार ३३५ लाभग्राही रहेका छन् ।

तीमध्ये छ हजार ११३ ले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । तीमध्ये चार हजार ३०९ ले दोस्रो किस्तावापतको रकमसमेत प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x