कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
बुटवल – आफूहरूलाई खानेपानीका कर्मचारीको मिलेमतोमा पानी नदिएर अन्य वडातर्फ पठाइएको आरोप लगाउँदै बुटवल–८ का स्थानीयले खानेपानी संस्थान बुटवल कार्यालयका हाकिमलाई घेराउ गरेका छन् ।
आफ्नै वडामा जडान गरिएको बोरिङको पानी अरु वडामा पठाएको स्थानीयको आरोप छ । तत्काल खानेपानी उपलब्ध गराउन माग गर्दै स्थानीयले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख बुद्धरत्न महर्जनको कार्यकक्षमा घेराउ गरेका हुन् ।
बुटवल–८ मा २ हजार ५ सय घरधुरी छन् । बुटवल–८ सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ ।
समस्या समाधान गर्न सडक डिभिजन कार्यालयमा जडान गरिएको बोरिङ १ महिना अगाडिदेखि सञ्चालनमा आएपनि पानी सुख्खानगर क्षेत्रमा वितरण नगरी अन्यत्र जान थालेपछि स्थानीय आन्दोलिन भएर कार्यालय प्रमुखसमक्ष पुगेका हुन् ।
स्थानीय खगराज शर्माले खानेपानी ४/५ दिनमा १ पटक मात्र आउने र त्यो पनि धमिलो खान अयोग्य पानी आउन थालेपछि बाध्य भएर कार्यालय प्रमुखसँग समाधानको पहल गर्न आएको बताए । ‘हाम्रो वडाको पानी हामीलाई छैन । कहाँ गयो त्यो बोर्रिङको पानी कतै खानेपानीका हाकिम र अन्य कर्मचारीको मिलेमतोमा अन्यत्र ‘सप्लाई’ त भएको छैन भन्ने आशंका पनि देखियो,’ उनले भने ।
स्थानीय राधेश्यामराज राजभण्डारी पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय प्रमुखसँग आउनुपरेको बताए । खानेपानी संस्थाका कार्यालयका प्रमुख बुटवल बहुमुखी क्यापस वा रामगरस्थित जनता माविमा बोरिङ जडान गरी सुख्खानगरको खानेपानी समस्या समाधानका लागि आफू लागिरहेको बताए । त्यसको लागि आफूले जनप्रतिनिधिसँग पनि निरन्तर छलफल र संवाद गरिरहेको बताए ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...