×

NMB BANK
NIC ASIA

जल तथा मौसम विज्ञान विभागले खुलायो बाढी र डुबानको कारण

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंजल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुपर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन् । विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ । दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले क्षति बेहोर्नुपरिरहेको छ ।

पहाडमा अनुसन्धानबिना अव्यवस्थितरुपमा बाटोघाटो निर्माण, तराईमा चुरे क्षेत्रको उत्खननले प्राकृतिक बहावमा अवरोध र काठमाडौँ उपत्यकामा खोला किनारको अतिक्रमण, कङ्क्रिटसहितको भौतिक संरचना, ढल निकासको समस्या र अव्यवस्थित विकास निर्माणनै क्षतिको प्रमुख कारण भएको विपद् व्यवस्थापन विज्ञ तथा भूगर्भविद् डा कृष्ण देवकोटाको भनाइ छ । 

वातावरणविद् सनोत अधिकारीको भनाइमा पछिल्लो समयमा एकैपटपक धेरै वर्षा हुने अवस्था बढ्दो छ । यसले एकातर्फ बाढीपहिरो बढाउँछ भने अर्काेतर्फ पानीका स्रोत व्यवस्थापनमा समस्या हुन पुग्छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्नुहुन्छ, “पहिले नै वस्ती नबसाउनुपर्नेमा बस्यो, प्राकृतिक बहाव रोक्न खोज्नु नै क्षतिको प्रमुख कारण हो ।” “अहिले पनि जोखिम न्यूनिकरणको स्पष्ट नक्साङ्कन छैन, विपद् अझै विकासको मूल प्रवाहीकरणमा पर्न नसक्नु बिडम्वना हो”, खनालले भन्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोला मिचेर घर बनाउने, जथाभावी डोजर चलाएर बाटो निर्माण गर्ने, गिट्टी–बालुवा निकासी, जङ्गल फँडानीलगायतका कारण जोखिम बढ्दो छ । भारतीय बाँधका कारण पनि डुबानको समस्या छ ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री रामबहादुर थापाको विचारमा पनि अहिलेको विपद् मानव सिर्जित समस्या हो । “जतासुकै खनेकाले पहिरो गएको छ, चुरे सबै नाङ्गिँदै छ, तराई मरुभूमिमा परिणत हुने खतरा छ, भारतले दक्षिणतिर बाँध र बाटो बनाउँदा डुबान ल्याइरहेको छ, यहीँ उपत्यकामा हामीले हेर्‍यौँ भने खोलामा घर बनाई दिने होइन नि, त्यसले त घर डुब्छ नै ।” हालैको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले भन्नुभयो । उहाँका अनुसार नीति नै सुधार गर्नुपर्ने जरुरी छ । 

Vianet communication
Laxmi Bank

सरकार विपद् जोखिम रोक्न ‘हाइ अलर्ट’मै थियो तर स्रोत साधनको अभावले काम गर्न कठिनाइ भएको देखिन्छ । यसपटकको तराई डुबानमा न्यूनतम जगेडा राख्नुपर्ने डुङ्गासँगै डुङ्गा खियाउने जनशक्तिको अभाव देखियो । स्थानीय तहले विपद्को बेलामा चाहिने स्रोत साधनलाई प्राथमिकता दिएनन् । जबकी संविधानले नै विपद् व्यवस्थापनको जिम्मा स्थानीय तहलाई तोकेको छ । यी विविध कारण क्षति बढ्न गयो ।

खोला–नाला तटबन्ध गर्ने, गहिर्‍याउने, फराकिलो बनाउने गर्दा बाढीबाट क्षति कम हुन्छ तर, खोलानाला साँघुरिँदै गएको छ । कुनै पनि विकास निर्माणको समयमा रुख बिरुवा रोप्ने र प्रकृतिलाई यथावत राख्ने प्रयास हुनुपर्छ । विकास निर्माणमा यसतर्फ ध्यान पुगेको देखिँदैन । नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका सांसदहरु नै मानिसले गरेको प्रकृतिको दोहनले नै प्रकोप बढाएको स्वीकार गर्नुहुन्छ । विकासका कामको फितलो अनुगमन, असमान सन्धि–सम्झौता र पूर्वतयारीका योजना प्रभावकारी नहुँदा मुलुकले वर्षेनी क्षति बेहोर्नुपरेको सांसदहरुको भनाइ छ ।

सांसद प्रेम सुवालले पूर्वतयारीमा राम्ररी ध्यान नपुगेको बताउँदै भन्नुभयो, “चुरे दोहन, गिट्टी–बालुवा निकासीले विपद् निम्तिएको हो, भारतीय बाँधले डुबान बढाएको छ, अब कूटनीतिक पहल गरेर दीर्घकालीन निकास निकाल्नुपर्छ ।”

मुलुकमा छ हजार बढी नदीनाला छन् । वर्षेनी ती खोलानालाले कुनै न कुनै स्थानमा बाढीको प्रकोप ल्याएको हुन्छ । बाढी–पहिरो रोक्न सकिँदैन तर उचित व्यवस्थापन गरे क्षति न्यूनीकरण गर्न भने सकिन्छ । त्यसतर्फ समयमै सचेत हुनुपर्छ । 

विपद्को जोखिम देशका विभिन्न क्षेत्रसँगै राजधानीमै बढ्दो छ । अघिल्लो वर्ष धोबी खोला पसेर अनामनगर डुबानमा पर्‍यो । यो वर्ष कलङ्की आसपास क्षेत्रनै प्रभावित हुने गरी बाढी पस्यो । सांसद दिलेन्द्रप्रसाद बडू आगामी दिनमा अझ बढी सतर्कताको आवश्यकता छ भन्नुहुन्छ । “खोलाको तटबन्धलाई प्राथमिकता दिएको भए आन्तरिक क्षति कम हुन्थ्यो, तीव्ररुपमा अघि बढेको सडक निर्माणमा अनधिकृत डोजर चलेको छ, वर्षात्मा मात्रै कराएर विपद् कम गर्न सकिँदैन”, बडूले भन्नुभयो । 

सांसद यशोदा सुवेदी अहिलेको समस्या प्राकृतिक प्रकोप नभई मानव निर्मित भएको बताउनुहुन्छ । “विपद् रोक्न चुस्त अनुगमन र कूटनीतिक पहल जरुरी छ”, सुवेदीले थप्नुभयो । 

सांसद झपटबहादुर रावलले पूर्वजले गरेको गल्तीसँगै प्राविधिक अध्ययनबिना जनप्रतिनिधिका डोजर स्काभेटरबाट मनलाग्दी बाटोघाटो बनाउँदा विपद्को जोखिम बढेको दाबी गर्नुभयो । “मनपरि तरिकाले प्रकृतिलाई नष्ट गर्छौं, खोला कब्जा भइरहेको छ, काठमाडौँ उपत्यकाभित्रै यो तहले मान्छे डुब्नु दुर्भाग्य हो”, रावलले थप्नुभयो । सांसद वृजेशकुमार गुप्ताले नेपालमा बाढी आउँदा भारतमा पनि क्षति पुग्ने भएकाले दुई देशले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x