ट्रम्पका सहयोगीले उनलाई इरानविरुद्ध युद्धका लागि भड्काइरहेको इरानी परराष्ट्रमन्त्रीको भनाइ

असार ३१, २०७६

काठमाडौं – इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इरानविरुद्ध युद्ध नचाहने तर सहयोगीहरूले उनलाई भड्काइरहेको बताएका छन् । 

जरीफले एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्प वरिपरि बस्ने मानिसहरू युद्ध चाहने बताएका छन् । 


ADVERTISEMENT

अघिल्लो हप्ता इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौताअन्तर्गत युरेनियम संवर्द्धनको सीमा कटाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि यसको पुष्टि गरेको छ । 

होर्मुजको जलडमरुमा दुईवटा तेल ट्यांकर विस्फोटको घटना र इरानले अमेरिकाको जासूसी ड्रोन विमान खसाएपछि दुई देशबीच तनाव बढेको छ ।

एजेन्सी 
 

असार ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस