माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आज गुरु पूर्णिमा एवं व्यास जयन्ती । विश्वका गुरुहरूका पनि गुरु महर्षि वेदव्यासको अवतरण दिवस भएकाले आजको दिन विशेष महत्त्वको छ ।
गुरु अर्थात अन्धकारबाट उज्यालो तर्फको यात्रामा पथ पदर्शित गर्ने व्यक्ति, त्यसैकारण पनि हिन्दू र अन्य धर्मालम्बीहरुका लागि महर्षि वेदव्यास असली गुरु एवं साक्षात भगवान हुन् । तिनै महागुरु अर्थात महर्षि वेदव्यासको जन्म तनहुँको सदसमुकाम दमौली स्थित पवित्र नदी सेती र मादीको संगमस्थलमा भगवान् श्रीकृष्णको २८ औं अवतारका रुपमा भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
किम्बन्दन्ती अनुसार, बेदव्यासले सेतीमादी नदीको संगमस्थलमा रहेको गुफामा बसेर चारवेद, अठ्ठार पुराण, भागवत गीता र संसारको सबैभन्दा चर्चित महाकाव्य महाभारतको रचना गरेर भाषा, साहित्य, हिन्दु वैदिक दर्शन र धर्मको क्षेत्रमा अतुलनीय योगदान गरे । तर विडम्वना, यही पवित्र व्यासभूमि अझैसम्म पनि ओझेलमा परेको छ ।
नेपालको मध्यबिन्दूमा अवस्थित तनहुँ जिल्ला धार्मिक, ऐतिहासिक, सांस्कृतिक, साहित्यिक र प्राकृतिक दृष्टिले निकै उर्वर भूमि मानिन्छ । तपोसाधना, ज्ञानसाधना, साहित्यसाधना काव्यसाधना र प्राकृतिक सौन्दर्य साधनाको दृष्टिले यो जिल्ला नेपालकै महत्त्वपूर्ण जिल्लाको रुपमा परिचित छ ।
विश्वप्रसिद्ध धार्मिक साहित्यका रचनाकार, पूर्वीय साहित्य र दर्शनका प्रणेता महर्षि वेदव्यास र नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लामा हुनुले पनि तनहुँबासी अनि सम्पूर्ण नेपाली गौरवान्वित हुन स्वभाविक हो तर वेदव्यास र भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक अन्य खासै उल्लेखनीय काम यस भूमिमा भएका छैनन् ।
ऐतिहासिक व्यास भूमिमा व्यास, उनका बुवा परासर र आमा सत्यवतीका जीवनसँग सम्बन्धित विभिन्न अवशेष र प्रमाण अझै पनि देख्न पाइन्छ । व्यास गुफा, परासर गुफा, जयशिला, व्यास कुण्ड, शिवकुण्ड, सत्यवतीको प्रशवशिला, राजा उपरीचरले पालेको बाजको शीला, सत्यवतीको आमाको शीला, लगायतका थुपैै्र पुरातात्विक महत्त्वका चीज देख्न सकिन्छ । विभिन्न समयमा निर्माण गरिएका यज्ञमण्डप, साधुसन्त आश्रम, पाटीपौवा, बरपीपल चौतारी लगायतका शिव पाञ्चायन मन्दिर, हनुमान मन्दिर पनि छन् ।
वेदव्यासबारे केही अध्ययन अनुसन्धान, वेदव्यासकै नाममा वैदिक पुस्तकालय, सत्संग भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, वृद्धाश्रम, गौशाला लगायतका पक्ष निर्माण गरिएका छन् । यसका साथै व्यास क्षेत्रको विकासका लागि व्यास क्षेत्र विकास कोष, व्यास क्षेत्र शिवपाञ्चायन मन्दिर संरक्षण समिति, व्यास क्षेत्र परिक्रमा समिति लगायतका संस्था गठन भएका छन् ।
व्यासका २८ अवतारको मूर्ति निर्माण गरेर व्यास गुफा परिसरमा स्थापना गरिएका छन् तर यी पक्षले मात्र व्यास जन्मस्थलको महत्त्व र गरिमालाई विश्वसामु चिनाउन मुस्किल पर्दछ ।
व्यास जन्मभूमिको विश्वव्यापी प्रचारप्रचार गरी यसको धार्मिक महत्त्वलाई उजागर गर्न सकेमा यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेका छन् । व्यास क्षेत्रको बृहत्तर विकासका लागि व्यास क्षेत्र विकास समिति पनि गठन भएको छ तर त्यस समितिले पनि खासै काम गर्न सकेको छैन् । समिति गठनका बेलामा मात्रै रस्साकस्सी हुने र त्यसपछि समिति पूरै निष्क्रियजस्तै रहेको छ ।
व्यास क्षेत्रमा रहेको पञ्चमन्दिर ,त्यसको परिसर र त्यहाँ निर्माण भएका भौतिक पूर्वाधारले जगहसाईको काम गरेको छ । वर्षैभरि नै विभिन्न धार्मिक गतिविधि आयोजना हुने सो क्षेत्रको विकास र पूर्वाधार निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन । व्यास गुफामा हुने विभिन्न गतिविधि र धार्मिक कार्यको पनि पारदर्शिता र प्रचारप्रसार हुन सकेको छैन भने व्यास गुफा र शिव पाञ्चायन मन्दिरमा हुने दानदातव्यको पनि लेखाजोखा छैन । व्यास जन्मभूमिको बृहत्तर विकासका लागि भनेर लगाइएका महायज्ञ र धार्मिक अनुष्ठानले खासै प्रतिफल दिन सकेको छैन भने १०८ फीट अग्लो वेदव्यासको मूर्ति निर्माण कार्य कागजमै सीमित भएको छ ।
यसैबीच कतिपय मानिस व्यासको नाम र जन्मस्थललाई भँजाएर आफूहरू भर्याङ उक्लिरहेका छन् । पूर्वीय साहित्य र दर्शनका प्रणेता वेदव्यासकै जन्मथलो र कर्मथलो भएकै कारणबाट मात्र दमौलीको परिचय आज सार्वजनिक रुपमा आएको हो । यदि वेदव्यास दमौलीमा नजन्मेको भए यो ठाउँ आज यतिसम्म पनि परिचित हुने थिएन होला । यस कुरालाई पनि दमौलीवासीले सम्झनु जरुरी छ ।
वेदव्यासकै सम्मानमा जिल्लाकै पहिलो नगरपालिकाको नामाकरण गरिएको छ भने अन्य दर्जनौं संघसंस्थाले व्यासको नाम जोडेर व्यावसायिक र पेशागत फाइदा लिएका छन् तर नगरपालिका र संस्थाको नामाकरण गर्नुबाहेक अन्य विशेष काम हालसम्म भएको छैन ।
जिल्लाका विभिन्न नेता देश र राज्य निकायको उच्च ओहोदा र शक्तिमा पुग्दा पनि व्यास क्षेत्रले काँचुली फेर्न सकेन । यतिसम्मकी व्यास क्षेत्र विकास समितिलाई सरकारी मान्यता दिलाएर राज्यबाट बर्सेनि केही सहयोग पाइने सम्भावना हुँदा पनि त्यसको पहलकदमी हुन सकेन । राज्यले धार्मिक, सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक सम्भावनाका क्षेत्रको पहिचान गरेर त्यसको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता जनाएपनि त्यसतर्फ खासै चासो दिन सकेको छैन । राज्य निकायबाट पनि यस क्षेत्रले सधैं उपेक्षा व्यहोर्नुपरेको छ ।
वेद व्यासको जन्मस्थलमा जुन खालको साहित्यिक र धार्मिक गतिविधि हुनुपर्ने हो, त्यो हुनै सकेको छैन । साहित्यिक र धार्मिक तीर्थस्थलको केन्द्र हुनुपर्ने दमौली अहिले जुवातास, लागूपदार्थ र यौनधन्दाको केन्द्रमा परिणत भएको छ । व्यास र परासर क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्विक महत्त्वका चीज र पछि निर्माण गरिएका भौतिक संरचना अहिले खण्डहर र भग्नावशेषमा परिणत हुन थालेका छन् तर संरक्षण गर्ने कुरामा सबै मौन छन् ।
व्यास गुफाको भ्रमण र अवलोकन गर्नका लागि दैनिकजसो केही आन्तरिक र बाह्य पर्यटक यहाँ आउने गरेको भएतापनि यसको प्रचारप्रसारको अभावमा पवित्रभूमि ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेको भनाई छ । साहित्यिक र धार्मिक दृष्टिकोणले मात्र नभई प्राकृतिक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिएको यो भूमिको उचित संरक्षण, सम्वद्र्धन, विकास र प्रचारप्रसार हुन नसक्दा दिनानुदिन ओझेलमा परेको छ । यो भूमिको प्राचीन, धार्मिक, पुरातात्विक र सांस्कृतिक महत्त्व लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
वास्तवमा वेदव्यासको जन्मभूमि र तपोभूभि दमौलीलाई एउटा साहित्यिक र धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेका छन् । जसका लागि स्थानीय जनता, स्थानीय सरकार र राज्य निकायबाटै नीति र योजनाको निर्माण गरेर ठोस कदम चाल्नुपर्ने देखिन्छ । सबैपक्ष एकजुट भएर लागेमा यो क्षेत्र विश्वकै एक उत्कृष्ट मध्येको साहित्यिक, धार्मिक र पर्यटकीय गन्तव्य बन्न सक्नेमा दुईमत छैन ।
(लेखक आदिकवि भानुभक्त क्याम्पस तनहुँका उपप्राध्यापक हुन् ।)
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...