कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ - अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ ।
अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ ।
उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ । उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले काम नगर्ने उनीहरुले जनाएका छन् ।
न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भने, 'अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँ माथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ । हामीले अहिले जे देखिरहेका छौँ त्यसलाई आधारभूत रुपमा नै परिवर्तन गर्ने बेला हो यो ।'
मजदुर प्रतिनिधिहरुले अति भएर नै यो मतदान गरेको उनको भनाई थियो । उनले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरुले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि जानकारी दिए ।
एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४ सय ६५ वटा आक्रमणका घटना भएका थिए । पहिलो पटक वर्ष दिनमा यतिधेरै आक्रमणका घटना भएकोले आफूहरुमा असुरक्षा महसुश भएको पनि उनले बताए । उनले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका विरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै विरामी र कहिलेकाहीँ विरामीका आफन्तहरुले पनि स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिए ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् सबै कर्मचारीहरुमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरुले विगत लामो समयदेखि बताउँदै आएका छन् । यहाँका चिकित्सकहरुले आफूहरुले जहिले पनि विरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन् ।
उनीहरुले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका विरामीहरुलाई कुनै पनि किसीमको अप्ठेरो नपार्ने नीति आफूहरुको रहेको पनि बताएका छन् । एजेन्सीको सहयोगमा
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...