मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
काठमाडौं – मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा सम्बोधन गर्दै गत असार १४ गते प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असार महिनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने दाबी गरे ।
‘एकतामा ढिलाइ भयो भनेर निराश हुनुपर्ने अवस्था छैन, यस आर्थिक वर्षभित्र एकता एकीकरणका सम्पूर्ण काम सम्पन्न हुन्छन्,’ ओलीले भनेका थिए, ‘अर्को आर्थिक वर्षमा पार्टी गतिशील ढंगबाट अघि बढ्छ ।’
तर पछिल्लो समयमा सरकार विभिन्न प्रकरणमा नराम्रोसँग फस्यो ।
त्यस्तै ओलीले गत असार २० गते पार्टी कार्यालय धुम्बाराहीमा नयाँ शक्तिका केही नेतालाई आफ्नो पार्टीमा प्रवेश गराउन आयोजित एक कार्यक्रममा असारभित्र पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने र कोही पनि दुखी हुनुनपर्ने दाबी गरे ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पनि पटक-पटक असारभित्र एकताको सवै काम सकाउने घोषणा गर्ने गरेका थिए । गत असार १६ गते बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब ढिला नगरी असार मसान्तभित्र एकता सकाउने अठोट गरेका थिए ।
पार्टीका दुवै अध्यक्षको भनाइ यतिबेला झूट सावित भएको छ । अध्यक्षहरूले एकताका सन्दर्भमा पटक-पटक झूट बोलिरहँदा पार्टीका नेता तथा कार्यकर्ताहरू भने रमिते बन्न बाध्य भएका छन् ।
आजै (मंगलवार) पार्टीको ललितपुर जिल्ला कमिटीको पहिलो पूर्ण बैठकमा बोल्दै प्रचण्डले आजै एकता टुंग्याउने गरी काम भइरहेको दाबी गरेपनि प्रचण्डको दाबीलाई पत्याउने आधार केही नभएको नेकपाकै एक नेताले बताए ।
'उहाँको (प्रचण्ड)को दाबीमा कुनै आधार छैन,' उनले भने, 'दुई अध्यक्षबीच सहमति भयो भने र समयमै एकताका बाँकी कामहरू सल्ट्याउन इमान्दार प्रयास भयो भने साउनको दोस्रो सातासम्म एकताको काम सकिने सम्भावना छ । तर अहिलेसम्मको पार्टीको स्थिति हेर्दा त्यो पनि गाह्रो छ ।'
प्रचण्डले ललितपुरको आजको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको दाबी गरेका थिए । एकता प्रक्रिया पूरा नहुनुमा दुईवटा कारण रहेको नेकपावृत्तमा चर्चा चलेको छ । के हुन् त ती दुई कारण ?
दुई अध्यक्षका बीचमा माधव नेपालको'इन्ट्री'
निर्वाध रूपमा दुई अध्यक्ष ओली र प्रचण्डले गर्ने निर्णयमा आजकल पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बाधक बन्ने गरेका छन् । यसअघि जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाउने प्रक्रियामा नेता नेपालले आफ्नो सहमति नभएको भन्दै समानान्तर कमिटीको नाम सार्वजनिक गरेका थिए । समानान्तर कमिटी बनाउने नेपालको चेतावनीपछि अध्यक्षद्वय हच्किए । कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन घोषणा गर्ने भनिएको जिल्ला कमिटीको अन्तिम नामावली टुंगो लगाउन नेता नेपाललाई पनि सहभागी गराइएको थियो ।
महासचिव विष्णु पौडेल र नेता नेपालले तत्कालीन दुवै पार्टीका साविककै जिल्ला अध्यक्ष र सचिवलाई यथास्थानमा राख्ने निर्णय गरेपछि जिल्ला कमिटी घोषणा भएको थियो । घोषणा भएको जिल्ला कमिटीमा ओलीपक्षकै हाराहारीमा नेपालपक्षका नेता परेका थिए ।
त्यसयता अघिल्लो वर्ष पार्टी एकता भएकै दिन जेठ ३ गते पोलिटब्यूरो, विभाग र जनवर्गीय संगठनको एकता घोषणा गर्ने अन्तिम तयारीमा नेपाल प्रवेश गरे । नेता नेपालले आफूलाई सम्मानजनक उपस्थिति दिनुपर्ने भन्दै हस्तक्षेप गरेपछि पोलिटब्यूरो र विभागको नेतृत्व घोषणा हुन सकेको छैन ।
आफू विदेश भ्रमणमा रहेका बेला प्रदेश कमिटीको नेतृत्व घोषणा भएपछि नेता नेपाल 'फायर' भएका थिए । त्यसयता अध्यक्षद्वयले गर्ने निर्णयमा सधैं हस्तक्षेप रहने गरेको छ । पार्टी दुईध्रुवबाट त्रिध्रुवीय बनेको छ । नेकपाभित्र अध्यक्षद्वयको मनोमानी बढिरहेको आरोप लागिरहेको बेलामा नेपालले पनि कतिपय निर्णयप्रक्रियामा हस्तक्षेप गर्न थालेपछि पार्टी 'त्रिशंकु' बनेको हो ।
यसरी निर्वाध रूपमा अध्यक्षद्वयले गर्ने गरेको निर्णयमा माधव नेपालको 'इन्ट्री' भएपछि एकताका कामहरू अवरुद्ध बनेका छन् ।
सरकार अनेकौं विवादमा फँसेपछि ...
पछिल्लो समयमा सरकार विभिन्न प्रकरणमा नराम्रोसँग फस्यो । गुठी प्रकरण, आइफा प्रकरण हुँदै सरकार पछिल्लो समयमा विषादी प्रकरणमा नराम्रोसँग फसेको छ । प्रधानमन्त्री कतिपय मन्त्रीका कारण असन्तुष्ट रहेको यसअघि पटक-पटक सार्वजनिक भइसकेको छ ।
खास गरेर प्रधानमन्त्री ओली ति मन्त्रीसँग असन्तुष्ट देखिन्छन् जो तत्कालीन माओवादीका नेता थिए । कृषिमन्त्री चन्द्रप्रकाश खनाल, आपूर्तिमन्त्री मात्रिका यादव, खानेपानीमन्त्री बिना मगर, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन लगायत स्वयं गृहमन्त्री बादलसँग प्रधानमन्त्री असन्तुष्ट रहेको स्रोत बताउँछ ।
तत्कालीन माओवादीका प्रभावशाली नेताहरूसँग प्रधानमन्त्री असन्तुष्ट रहेपछि नेकपाभित्रको शक्तिसन्तुलन फेरिन थालेको छ । मन्त्रीहरूले प्रधानमन्त्री ओलीको पक्षमा बोल्न छाडेका छन् भने यसले स्वाभाविक रूपमा एकताको प्रक्रियालाई असर गर्न थालेको छ ।
प्रधानमन्त्री ओलीले विषादी प्रकरणका सन्दर्भमा मन्त्री र सचिवहरूले आफूलाई गुमराहमा पारेको अभिव्यक्ति दिन थालेपछि नेकपाभित्र केही मन्त्रीहरूको प्रधानमन्त्रीसँग बोलचालै नहुने परिस्थितिको सृजना भएको हो ।
यसअघि लोकसेवा आयोगको विज्ञापन सम्बन्धमा पनि सत्तारूढ दलभित्र केहीको सम्बन्ध चिसिएको थियो । बलिउडको इन्टरनेसनल इन्डिया फिल्म एवार्ड (आइफा)का लागि नेपाल सरकारले अर्बौं उपलब्ध गराउने हल्ला फैलिएपछि पार्टीकै प्रभावशाली नेताहरूले सरकारको आलोचना गरेका थिए । सरकारले कसैसँग सल्लाह नै नगरी विवादित विधेयक ल्याउने र फिर्ता गर्ने सम्बन्धमा कतिपय नेताहरू सरकारको चर्को प्रतिवाद गरिरहेका छन् ।
तमाम विवादबीच ३ महिनामै सकिनुपर्ने नेकपाको एकता यो असार मसान्तभित्र पनि नटुंगिएको हो । अध्यक्षद्वयले आन्तरिक सहमति नभइकन तोकेरै फलानो मितिमा एकता हुन्छ भनेर पटक-पटक झूट बोल्ने गरेका छन् । तर यसपटकको झूटले नेता तथा कार्यकर्ताहरू थप निराश बन्नेछन् ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...