×

NMB BANK
NIC ASIA

आजदेखि नयाँ आर्थिक वर्ष

आर्थिक क्षेत्रका परिवर्तन : तलब लिन प्यान अनिवार्य, इन्टरनेट झनै महंगो

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नयाँ आर्थिक वर्ष शुरू भएसँगै आर्थिक क्षेत्रमा विभिन्न परिर्वनहरू भएका छन् । बुधवारदेखि नयाँ आर्थिक वर्ष २०७६/०७७ शुरू भएको छ ।  यससँग चालु नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेको १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आजदेखि नै कार्यान्वयनमा आउने भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

बजेटसँगै आएको आर्थिक विधेयकमार्फत भएका केही व्यवस्थाका कारण आर्थिक क्षेत्रमा थुप्रै परिवर्तनहरू भएका छन् । त्यसरी भएका परिवर्तनहरूमा श्रमिकले प्यान नम्बर अनिवार्य लिनुपर्नेदेखि इन्टेरनेट उपभोग गरेबापत उपभोक्तामा परेको आर्थिक भारससम्मका विषयहरू रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टरनेट झनै महंगो


Advertisment
Nabil box
Kumari

महालेखा परीक्षक कार्यालयको ५६ औं प्रतिवेदनले अन्य मुलुकको तुलनामा नेपालको इन्टेरनेट सेवा महंगो रहेको गत चैतमै औंल्याएको थियो । अन्य मुलुकको तुलनामा नेपालको इन्टरनेट सेवा महंगो भएकाले न्यून मूल्यमा  इन्टरनेट उपभोगको व्यवस्था मिलाउनुपर्ने महालेखाले औंल्याएको थियो । तर सरकारले अर्थ विधेयकमार्फत् आर्थिक वर्ष २०७६/०७७ देखि इन्टरनेट सेवामा थप १३ प्रतिशत कर लिने भएपछि इन्टरनेट झनै महंगो भएको छ ।

Vianet communication
Laxmi Bank

तलब लिन प्यान अनिवार्य

सरकारले चालु आर्थिक वर्षको साउन महिनादेखि नै श्रमिकले तलब लिनका लागि प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । १ हजार रुपैयाँ भन्दा बढीको कारोबार गर्दा अनिवार्य प्यानमार्फत् गनुपर्ने सरकारी व्यवस्थासँगै यसमा पनि परिवर्तन आएको छ ।

समाजिक सुरक्षा कोष कार्यान्वयनमा

नयाँ युगको शुरूआत भन्दै गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको समाजिक सुरक्षा कोष आजदेखि कार्यान्वयनमा आउने भएको छ ।

ढुवानीमा अनलाइन ट्रयाकिङ

त्यस्तै सरकारले कुनै पनि वस्तु तथा सेवाको ढुवानीमा अनलाइन ट्र्याकिङ सिस्टम लागु गरेको छ । राजशव अनुसन्धान विभागले कार्यान्वयनमा ल्याएको उक्त सिस्टम बुधवार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

उक्त सिस्टम अनुसार कुनै पनि व्यवसायीले वस्तु तथा सेवाको ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय अनलाइन प्रविधिमा ढुवानी साधन, ढुवानीकर्ता र सामानको सम्पूर्ण विवरण दर्ता गर्नुपर्ने छ । ढुवानीकर्ताले विवरण दर्ता गरेर ढुवानी गर्दा राजश्व रोक्न सजिलो हुने आपेक्षा सरकारले लिएको छ । यद्यपि व्यवसायीहरूलेे यसको विरोध गर्दै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x