मन्त्री पण्डितले गरे राहत वितरण

साउन १, २०७६

काठमाडौँ - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर खोला किनारमा स्थायी तटबन्ध निर्माण गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाका बाढीपीडितलाई आज राहत वितरण गर्दै उनले बाढी नियन्त्रणका लागि दिगो तटबन्ध गर्ने जानकारी दिए ।


ADVERTISEMENT

मन्त्री पण्डितले बाढीपीडितलाई राहत र उचित व्यवस्थापनका लागि सरकार गम्भीर भएर लागेको बताउँदै राहतबाट कोही पनि वञ्चित हुन नहुने स्पष्ट पारे ।

उनले दीर्घकालीन उपाय अपनाएर बाढीपहिरोबाट हुने कटान र क्षति न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ भने । आफ्नै सहयोगमा मन्त्री पण्डितले विराटनगर महानगरपालिका क्षेत्रका ४०० भन्दाबढी बाढीपीडितलाई त्रिपाल, झुल, टर्चलाइट, म्याटलगायतका सामग्री वितरण गरेका थिए ।

साउन १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस