एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

साउन २, २०७६

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरे । 


ADVERTISEMENT

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २९२ शाखा कार्यालयहरू, ३०२ एटीएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस