पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

साउन २, २०७६

कुनै पनि महिला मन परेकाे छ र उनलाई प्रपोज छ भने पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । त्यसबारे यहाँ जानकारी दिइएकाे छ ।

१. आफ्नै तारिफ गर्ने पुरुष


ADVERTISEMENT

महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

२. फ्लर्ट गर्ने पुरुष

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

३. सधैं प्रश्न गर्ने पुरुष

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मनपर्दैैन ।
४. केयर नगर्ने पुरुष

महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

५. पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस