×

NMB BANK
NIC ASIA

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीमा गत आर्थिक वर्ष २०७५÷७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । 

Muktinath Bank

बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आव २०७५÷७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ । जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।
 
पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या पनि बढी छ । यसक्रममा मृत्यु भएका सातमध्ये चार  १२ वर्षमुनिका र दुई १३÷१४ वर्षीय किशोर छन् । यसक्रममा बाढीले बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।
 
यसबाहेक गत जेठसम्म बगेर र डुबेर मृत्यु हुने २० मध्ये १५ बालबालिका रहेको अभिलेखमा देखिन्छ । सो सङ्ख्यामा १० महीनादेखि अधिकतम १० वर्ष उमेरका बालबालिका परेका प्रहरी उपरीक्षक अधिकारी बताउनुहुन्छ । यसबाहेक  ६५ वर्ष उमेर कटेका दुई र तीन बयस्क पुरुष परेका छन् । 


Advertisment
Nabil box
Kumari

वर्षभरि यसरी मृत्यु हुनेमा १२ पोखरीमा डुबेका पाइएको छ । यसरी मृत्यु हुने बालबालिकामा दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुई साना नानीको त घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसबाहेकका नुहाउने क्रममा पोखरीको डिलबाट चिप्लेर पानीमा डुबेका छन् । 

Vianet communication
Laxmi Bank

यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ । नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका  नुहाउन  जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन् । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x