एक्कासि ठूलो पानी छाडेपछि रामपुर नहर भत्कियो

साउन ३, २०७६

पाल्पा– जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको  नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो ।

गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ । समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले काम पूरा गर्ने समयको अभावले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताए । 


ADVERTISEMENT


असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले पनि नहरमा व्यवसायीसँग सल्लाह नै नगरी एक्कासि ठूलो पानी छाड्नाले समस्या भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताए । 

साउन ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस