सचिन तेन्दुलकरलाई आईसीसी हल अफ फेममा संलग्न गरियो

साउन ३, २०७६

काठमाडौं – दिग्गज भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को हल अफ फेममा संलग्न गरिएको छ । 

लन्डनमा बिहीवार आयोजित एक समारोहमा उनलाई यो सम्मान दिइएको हो ।


ADVERTISEMENT

सचिनले बिहीवार आयोपजत कार्यक्रममा भने, ‘यो मेरा लागि सम्मानको कुरा हो ।’

४६ वर्षीय तेन्दुलकर संसारका महान ब्याट्स्म्यान मानिन्छन् । उनका कतिपय कीर्तिमानहरू अझै पनि तोडिएका छैनन् । उनी एकदिवसीय र टेस्टमा सबभन्दा बढी रन बनाउने ब्याट्स्म्यान हुन् । उनले १०० वटा इन्टरनेसनल सेन्चुरी बनाएका छन् र त्यो एक कीर्तिमान हो । 

दक्षिण अफ्रिकाका फास्ट बलर एलन डोनल्ड र अस्ट्रेलियाकी पूर्व महिला फास्ट बलर क्याथरिन फिजप्याट्रिकलाई पनि आईसीसी हल अफ फेममा संलग्न गरिएको छ ।

एजेन्सी
 

साउन ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस