×

NMB BANK
NIC ASIA

४५ प्रतिशत घरमै सुत्केरी !

साउन ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खलङ्गा – जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् ।

Muktinath Bank

करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र अकाल मृत्यु घट्ने भएकाले गाउँपालिकाले घरमा हुने सुत्केरी र बाल मृत्युदरलाई शून्य गराउन अभियान नै सञ्चालन गर्ने अध्यक्ष लछिमन बोहोराले बताए ।


Advertisment
Nabil box
Kumari

अझै पनि ग्रामीण क्षेत्रका महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने र स्वास्थ्य–संस्थामा लैजाँदा बाटोमै सुत्केरी भए फर्काएर घर लैजाने चलन रहेकाले गाउँपालिकाले घरमा हुने सुत्केरीलाई शून्यमा पुर्‍याउने अभियानलाई प्राथमिकता दिएको हो ।  महिला शारीरिक रुपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास गरिएको अध्यक्ष बोहोराले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले भने, “हामी हाम्रा दिदीबहिनी, छोरीबुहारीको स्वास्थ्यप्रति सजग छौँ । त्यसैले घरमा हुने सुत्केरी शून्य गाउँपालिका घोषणाको काममा लागेका छौँ ।”

गाउँपालिकाअन्तर्गत चार स्वास्थ्य संस्थामध्ये दुई वटामा बर्थिङ सेन्टर सञ्चालन गरिएकाले पट्मारा र पातारासी स्वास्थ्य चौकीमा यसै वर्षको साउन महीनाबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको बताउँदै अध्यक्ष बोहोराले भने, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य गर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु पर्‍यो ।” 

उक्त गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत टेकवहादुर बुढथापाले भने, “स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका महिला घरैमा सुत्केरी गराउन थालेका कारण स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउने अभियान थालिएको हो ।” 

स्वास्थ्य संस्थामा बच्चा जन्माएमा गाउँपालिकाका तर्फबाट रु तीन हजार बच्चाको नाममा जम्मा गरिने उनको भनाइ थियो ।

मातृ मुत्युदर कम गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने संस्कार बसाल्नका लागि रु तीन हजार गाउँपालिकाबाट र रु तीन हजार अभिभावकले बच्चाको नाममा जम्मा गर्नुपर्ने नीति लिइएको बुढथापाले जानकारी दिए ।

उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब लगायतले सहयोग गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले बताइन् ।

उनले भनिन्, “हामीले सञ्चालन गरेको यो अभियानमा सबैले सहयोग गरे सफल हुने अपेक्षा लिएका छौँ ।”

डिल्लीचौर स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा सबैभन्दा बढी महिलाहरु सुत्केरी हुन आउने गरेका छन् ।

साबिकको डिल्लीचौर गाविसका ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने गरेको र बाँकी २० प्रतिशतलाई पनि स्वास्थ्य संस्थामा आउने वातावारण बनाउन लागिएको स्वास्थ्यकर्मी भरत बुढाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x