प्रदेश सभा अगाडि प्रम ओलीसहित ४ जनाको पुत्ला दहन

साउन ३, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित प्रदेश सभा भवन अगाडि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाको पुत्ला दहन गरिएको छ ।

लोक सेवा आयोगको विज्ञापन विरुद्ध आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सीमान्तकृत समुदायले सरकारविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । उनीहरूले गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका हुन् ।


ADVERTISEMENT

पुत्ला दहनकर्ताहरूले 'आयोगको असमावेशी विज्ञापन खारेज गर, प्रधामन्त्री ओली, गृहमन्त्री थापा, मन्त्री लालबाबु पण्डित, आयोगका अध्यक्ष मैनाली राजीनामा दे, आरक्षण जिन्दावाद !' भन्दै नाराबाजी गरेका थिए ।

आरक्षण बचाऊ आन्दोलन परिचालन समितिले संघीयताको मूल मर्म समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध संघर्षमा उत्रेको जनाएको छ ।

आफूहरूको केन्द्रीय कार्यालय अन्तर्गत सुदूरपश्चिममा पनि आन्दोलन कार्यक्रम जारी राखेको आरक्षण बचाऊ संघर्ष समिति सुदूरपश्चिमका अध्यक्ष दलबहादुर घर्तिमगरले बताए ।

 

साउन ३, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस