×

NMB BANK
NIC ASIA

नेपाललाई क्षेत्रीय रुपमा स्थापित राष्ट्र बनाउने तर बीआरआईबाट अन्तै मोड्ने अमेरिकी नीति

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - अमेरिकाले नेपाललाई आत्मनिर्भर, स्वतन्त्र र समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा स्थापित गराउनु आजको आवश्यकता भएको बताएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकी सरकारको प्रायोजनामा विभिन्न समयमा भिन्न प्राज्ञिक कार्यक्रम तथा शैक्षिक एवं अध्ययन भ्रमण गरी स्वदेश फर्केका नेपालीको सङ्गठन 'नेपाल–यूएस एलम्नाइ नेटवर्क (नुसान)' ले अमेरिकी दूतावासको सहयोगमा आज राजधानीमा आयोजना गरेको ‘क्षेत्रीय सञ्जाल विस्तार’ विषयको विचार गोष्ठीमा नेपाललाई भौगोलिक अवस्थितिको लाभ हुनुपर्ने पनि उसले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीले ७३ वर्ष पुरानो अमेरिका–नेपाल कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिन सरकारी र जनस्तरजस्ता सम्पर्कका बहुउपाय अवलम्बन गरिएको बताउँदै अमेरिकामा ज्ञान, सीप र विज्ञता हासिल गरी त्यसको उपयोग नेपालमा गर्ने एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्पर्कका निम्ति महत्वपूर्ण माध्यम भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले तिनै एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्बन्धलाई अग्रगामी बनाउने भरपर्दो माध्यम भएको र नेपालका नीतिगत एवम् रणनीति पहिचानमा आत्मनिर्भर, स्वतन्त्र एवं समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा नेपालको स्थान मजबुत बनाउन यस्ता कार्यक्रमबाट मद्दत पुग्ने बताए ।

Vianet communication
Laxmi Bank

पर्यटन र जलविद्युत्को विकासबाटै नेपालको उन्नयन सहज हुने विचार व्यक्त गर्दै उनले सम्पदा संरक्षणदेखि भौतिक पूर्वाधार निर्माणलगायत विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न वर्षेनी २० अर्बको हाराहारीमा अनुदान उपलव्ध गराउँदै आएको जानकारी दिए ।

नेपालको दिगो आर्थिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत ऊर्जा तथा यातायात क्षेत्रको विकाससम्बन्धी पञ्चवर्षीय परियोजनाका अमेरिकाले लागि रु ६३ अर्ब उपलब्ध गराएको छ । दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक श्रीधर खत्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ्’ (बीआरआई) ले सम्पर्क सञ्जाल विस्तारमा जोड दिए पनि त्यो व्यवहारमा अनुवाद नभएको आरोप लगाए ।

उनले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताउँदै सार्कको भविष्य भारत–पाकिस्तान मतभिन्नताको छायामा रहेकाले यो क्षेत्रीय सङ्गठन पनि गतिहीन भएकामा दुःख व्यक्त गरे । बीआरआईलाई ऋणको भार बोकाउने महात्वाकाङ्क्षी परियोजनाका रुपमा धेरै पश्चिमा कूटनीतिकज्ञ र अर्थतन्त्रका जानकारले टिप्पणी गरेका बताए । उनले विश्व अर्थतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका चीन र भारतबाट नेपालले अधिकाधिक लाभ लिनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x