१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साउन ३, २०७६

काठमाडौं–अर्घाखाँचीको सितगंगा नगरपालिका-१४ विक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी मुस्ताङको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


ADVERTISEMENT

साउन ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस