विवाह गर्छु भन्दै जबरजस्ती करणी गर्ने २ जना नियन्त्रणमा

साउन ४, २०७६

धनगढी- विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् ।

असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् ।  


ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए ।

त्यस्तै प्रहरीले साउन १ गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ का २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको थियो । रानाले पनि विवाह गर्छु भनी जबरजस्ती करणी गरेका थिए ।

उनलाई कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतमा म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।

साउन ४, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस