'म जेल जान तयार छु' - प्रियंका गान्धी

साउन ४, २०७६

काठमाडौँ -भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।


ADVERTISEMENT

'पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,' उनले ट्विटरमा लेखेकी छिन् ।

उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छिन् । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

 

साउन ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस