मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जनकपुरधाम – असार अन्तिम साताको अविरल वर्षा तथा बाढी र डुबानका कारण प्रदेश २ मा मात्र ३२ जनाको मृत्यु भएको छ । ६ लाख भन्दा बढी मानिस बाढी र डुबानबाट प्रभावित हुँदा केही अझै बेपत्ता छन् । हजारौं मानिस घरबारविहीन भएका छन् ।
बाढी प्रभावित स्थलको स्थलगत निरीक्षण गर्नका लागि प्रदेश २ मा अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको दौडाहा छ । सत्ता पक्षधर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ सहितको सरकारी टोलीले हवाई निरीक्षण गरेका छन् ।
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकाय तथा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत समेतसँग अन्तरक्रिया गर्दै उक्त टोली विभिन्न आश्वासन दिएर काठमाडौं फर्किएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिसहित प्रदेश २ का केन्द्रीय सदस्यहरू समेतको टोलीले पनि प्रदेशका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गरेको छ ।
कुन पार्टीले के गरे?
प्रदेश २ मा अहिले समाजवादी पार्टी र राजपा नेपालको संयुक्त गठबन्धन सरकार छ । नेकपा र नेपाली कांग्रेस प्रदेशमा क्रमशः प्रमुख प्रतिपक्ष र प्रतिपक्षको भूमिकामा छन् । त्यसैगरी संघमा नेकपा र समाजवादी पार्टीको गठबन्धन सरकार छ भने नेपाली कांग्रेस र राजपा नेपाल प्रतिपक्षमा छन् ।
समाजवादी पार्टी नेपालको प्रदेश अध्यक्ष समेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवका अनुसार समाजवादी पार्टी बाढी आएकै दिनदेखि फिल्डमा उद्धारको काममा रहेको दाबी गर्छन् । असार २७ गते नै पार्टीको प्रदेश कमिटीले सर्कुलर जारी गरेर आफ्ना पार्टीका विभिन्न जिल्लादेखि वडा तहसम्मका कार्यकर्ताहरूलाई बाढीमा फसेका व्यक्तिहरूको उद्धार तथा बचाउमा लाग्न निर्देशन दिएको यादवले बताए ।
‘सोही निर्देशन अनुरूप आफ्ना पार्टीका कार्यकर्ताहरू फिल्डमै रहेको तथा उद्धार, खोजी र राहत वितरणको काममा लागेका छन्,’ प्रदेश अध्यक्ष यादवले भने, ‘ प्रदेश सरकारकातर्फ बाट मन्त्रिपरिषद्को बैठकबाट नै प्रत्येक जिल्लाको विपद् व्यवस्थापन समितिलाई १०/१० लाख रूपैयाँ राहत सामग्री किन्नका लागि पठाइएको छ ।’
सरकारका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले बाढी पीडितका लागि १ महिनाको तलब मुख्यमन्त्री राहत कोषमा दिने निर्णय गर्नुका साथै रौतहटमा मुख्यमन्त्री राउतकै अगुवाईमा ५ हजार बाढी पीडितलाई राहत समेत वितरण गरिएको उनले बताए ।
आइतवारदेखि सिरहा जिल्लामा पनि राहत वितरण गरिँदैछ ।
‘त्यसैगरी बाढीबाट विस्थापित भएकाहरूको घर पुनर्निर्माणका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर प्रदेशको कुल बजेटको २ प्रतिशत बजेट समेत दिने प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय नै गरिसकेको छ,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका यादवले भने, ‘समाजवादी पार्टीका सांसदहरूले समेत आफ्नो १५ दिनको तलब भत्ता मुख्यमन्त्री राहत कोषमा उपलब्ध गराउने सर्कुलर संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राउतले गरिसक्नु भएको छ ।’
नेकपाले के गर्यो ?
बाढी आएका बेला आफू काठमाडौंमा रहेको र ३ दिनसम्म प्रदेशमा फर्किने कुनै साधन नै नभएकाले तत्कालै राहत सामग्री पुर्याउन नसकिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल बताउँछन् । आफू फर्किएपछि सप्तरीको सप्तकोशी नगरपालिकाका ४ ठाउँमा बाँध भत्किएर डुबानमा परेका मानिसहरूलाई शिविरमा राख्न लगाएको मण्डलको भनाइ छ ।
‘भूकम्पका बेला ल्याइएको टेन्टमध्ये ३२ वटा जति सुरक्षित राखिएको थियो, त्यही टेन्ट अहिले शिविरका मानिसलाई मैले दिएको छु,’ नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज समेत रहेका मण्डलले भने, ‘पीडितहरूका लागि त्यस नगरपालिकामा १० क्विन्टल चामल समेत दिएका छौं ।’
संघीय सरकारका मन्त्रीहरूको समेत टोलीले निरीक्षण गरेर गएका छन् । दीर्घकालिन समधान तथा पुनस्र्थापना बारे नेताहरूलाई सुझाव दिएको उनले बताए । नेकपाका प्रदेश सांसदहरूले पनि १० दिनको तलब भत्ता राहत कोषमा दिने निर्णय गरिएको उनले जानकारी दिए ।
नेपाली कांग्रेस खाली हात दौडाहामा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले समेत प्रदेशका आठवटै जिल्लामा पुगेर बाढी प्रभावितहरूसँग भेटघाट गरेर फर्किएका छन् । देउवाले स्थलगत निरीक्षण गरेर बाढी प्रभावित व्यक्तिहरूसँग भेटघाट गरे पनि राहतका सामग्री भने वितरण गरेका छैनन् । हालसम्म उनको पार्टीले पनि राहतको सामग्री वितरण गरेको छैन ।
देउवासँगै स्थलगत निरीक्षणमा रहेका कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले भने, ‘कांग्रेस संघ र प्रदेश दुवै सरकारमा प्रतिपक्षमा नै रहेकाले दुवै सरकारलाई राहत वितरणदेखि पुनस्थापनासम्मका कामका लागि दबाब दिने भूमिका हो,’ संसदीय दलका नेता यादवले भने, ‘सरकारमा भएको भए राहत वितरण गर्ने कुरा हुन्थ्यो, तर प्रतिपक्षमा भएकाले सरकारलाई दबाब दिएर बाढीपीडितहरूलाई राहत वितरण गर्न माग गरिरहेका छौं ।’
बाढी आएकै दिनदेखि कांग्रेसका क्रियाशील सदस्यहरू बाढीपीडितको उद्धार तथा खोजी कार्यमा सक्रिय भएको उनले दाबी गरे । संघीय सांसदले ५ दिनको तलब र प्रदेशका सांसदले १० दिनको तलब भत्ता मुख्यमन्त्री राहत कोषमा दिने निर्णय समेत कांग्रेसले गरेको यादवले बताए ।
राजपाले के गर्यो ?
मधेशको अधिकारको कुरा गर्ने राजपा नेपालले हालसम्म पार्टीको तर्फबाट राहत वितरण गरेको छैन । बाढी आएकै दिन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो जनकपुरमै थिए । असार २८ गते नै उनले आफ्नो संसदीय क्षेत्रका गाउँहरू पुगेर स्थलगत निरीक्षण गरेका थिए ।
राजपाका अध्यक्षमण्डलका संयोजक अनिल झा पनि सरकारी टोलीमा आएर हवाई निरीक्षण गरेका थिए । अहिले उनी आफ्नो गृह जिल्ला रौतहटमा छन् । त्यसैगरी राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव पनि गृह जिल्ला सिरहास्थित कमला नदीको प्रभावित गाउँहरूमा पुगेका छन् ।
सीके राउत तिलाठीमा
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अहिले गृह जिल्ला सप्तरीको तिलाठीमा पुगेका छन् । तिलाठी त्यही ठाउँ हो जहाँ केही वर्षअघि भारतीय पक्षले बाँध बनाउने क्रममा तिलाठीका जनता र भारतका जनताबीच झडप भएको थियो । तिलाठीका देवनारायण यादव सहित दर्जनौं मानिसहरू घाइते भएका थिए । राउत अहिले त्यो बाँधसम्म पुगेका छन् । त्यहाँ पुगेर उनले माटोको टीका लगाएर मातृभूमिलाई सलाम गरेको तस्विर समेत सार्वजनिक गरेका छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार जनमत पार्टी शुरूदेखि नै फिल्डमा छ । सिरहामा कमला नदीमा फसेका धेरै मानिसलाई जनमत पार्टीको कार्यकर्ताले उद्धार गरेको उनले दाबी गरे । त्यसैगरी राउतले कमला नदीको किनारमा प्रभावित भएको धनुषा तथा सिरहा जिल्लाका गाउँहरूमा पुगेर पीडितहरूको अवस्था बुझ्ने काम गरेको सिंहले बताए ।
‘विगतमा हामी विद्रोही पार्टी थियौं, अहिले मूलधारमा आएपछि संगठन निर्माणको प्रक्रियामै छौं,’ सिंहले भने, ‘हाम्रो पार्टी अरू जस्तो विगतमा पनि सत्तामा थिएन, न त अहिले नै कुनै तहमा छ,’ उनले थपे, ‘अहिले बाढीको नाममा राजनीति नगरेर सबै राजनीतिक दल एकबद्ध भई तिनै तहका सरकारले राहत वितरणदेखि पुनर्निर्माणसम्मको काममा लाग्नुपर्छ ।’
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश २ मा बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण शुरू गरेको छ । त्यसैगरी राष्ट्रिय सभाको टोलीले समेत स्थलगत निरीक्षण गर्दैछ ।
मधेशमा राजनीति गर्ने सबै राजनीतिक दलहरूले आफ्नो पार्टी तथा कार्यकर्ताहरू शुरुदेखि नै बाढीपीडितहरूलाई मद्दत पुर्याउने काममा लागेको दाबी गरे पनि फिल्डमा भने दाबी अनुरूलको काम भएको छैन । अहिले पनि कैयौं गाउँमा राहत पुग्न सकेको छैन । शुरूका दिनमा स्थानीय सरकारले राहत वितरण गरे पनि त्यसपछि राहत वितरण गरिएको छैन ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...