साझा पार्टीले थप्यो केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य

साउन ५, २०७६

काठमाडौं- साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आइतवार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । 

नयाँ सदस्यहरूमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेको पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ । 


ADVERTISEMENT

साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको उल्लेख गरेका छन् । 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस