निसानको स्वरूम विस्तार

साउन ५, २०७६

काठमाडौं– ८औं वार्षिकोत्सको अवसरमा निसान मोटर्सले आफ्नो नयाँ स्वरूम सञ्चालनमा ल्याएको छ । पायोनिर मोटर कर्पोरेसन प्राइवेट लिमिटेडको आधिकारिक बिक्रेता निसान एण्ड डट्सनले ललितपुरको ग्वार्कोमा आफ्नो अर्को स्वरुम सञ्चालनमा ल्याएको हो ।

शारदा ग्रुपका डाइरेक्टर सन्दिप शारदाले आइतवार बिहान उक्त स्वरूमको उद्घाटन गरे । स्वरूम उद्घाटनका लागि आयोजित समारोहमा बोल्दै शारदाले नयाँ स्वरूमको सफलताको शुभकामना व्यक्त गरे ।


ADVERTISEMENT

पायोनिर मोटर्सका भाइस प्रिजिडेन्ट दिनेश तामाङले नयाँ स्वरूमको सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै निसानका प्रयोगकर्ता सुर्यबहादुर अधिकारीले निसान परिवारकै साथीहरूको सल्लाह अनुसार निसानको किक्स खरीद गरेकोले गाडी राम्रो रहेको भन्दै अरूलाई पनि सल्लाह लिएरै खरीद गर्न आग्रह गरे ।

त्यस्तै नेपाल अटो मोबाइल डिलर्स एसोसियसन (नाडा) का सचिव अनुपकुमार बरालले मेगा मोटर्स परिवारले चुनौतीका बीच राम्रो सेवा दिन सफल रहेको भन्दै मेगा मोटर्स टीमको प्रशंसा गरे । 

सरकारले विलासिता भन्दै सवारी साधनमा २ सय ७० प्रतिशतसम्म कर लिएपनि मेगा मोटर्सले गरिरहेको सेवाको प्रशंसा गरे । त्यस्तै उनले सरकारले सवारी साधनमा लिने गरेको अत्यधिक कर र पछिल्लो समय बैंकहरूले दिने लोनमा समेत सरकारले कटौती गर्न खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । बैंकहरूले अटो क्षेत्रमा लोन प्रवाह गर्न भनेको अर्थतन्त्रलाई चलायनमान बनाउनु भएको बरालको भनाइ थियो ।

उक्त अवसरमा मिडिया निसानले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो ।
 
 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस