सरकार–विप्लव समूहबीच विश्वासको संकट

साउन ६, २०७६

काठमाडौं–वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज माइला लामा पक्राउ प्रकरणले सरकार र नेत्रविक्रम चन्द्र विप्लव समूहबीच विश्वासको संकट पैदा भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीमा विस्फोट भएको थियो । शनिबार राति १२ बजे प्रहरीले काँडाघारीबाट उपत्यका इन्चार्ज माइला लामा र कार्यकर्ता रेशम लामालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

सरकारले वार्ताका लागि हिंसात्मक तयारी छोड्नुपर्ने भनाइ राख्दै आएको थियो । यता चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सारेको थियो । चन्द समूहले वार्ताको निर्णय गर्नेबित्तिकै उसका नेता र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । तर पछिल्ला दुई घटनाले दुवै पक्षलाई झस्काइदिएका छन् ।

साउन ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस