बससँग ठोक्किएर माइक्रो खोलामा खस्यो, १२ जना घाइते

सन्दर्भ तस्वीर
साउन ६, २०७६

धादिङ- पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा सोमवार बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । 

चितवनबाट काठमाडौं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 


ADVERTISEMENT

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । 

साउन ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस