प्रभु बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

साउन ६, २०७६

ललितपुर- प्रभु बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा १८८ औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । 

बैंकको चापागाउँ शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । 


ADVERTISEMENT

बैंकको चापागाउँ शाखा कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको चापागाउँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा चापागाउँ शाखा कार्यालयले महत्वपूर्ण भुमूका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 

साउन ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस