कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एजेन्सी- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले वेस्ट इन्डिज भ्रमणका लागि आइतवार टीमको घोषणा गरेको छ ।
विराट कोहलीको कप्तानीमा भारतीय टीमले वेस्ट इन्डिजविरुद्ध तीन-तीन वानडे र टी-ट्वान्टी तथा दुई टेस्ट म्याच खेल्दैछ ।
यस भ्रमणमा भारतीय टीममा केही नयाँ अनुहारहरू पनि देखिने भएका छन् । वेस्ट इन्डिज भ्रमणमा युवा खेलाडी चाहरले टी-ट्वान्टीमा डेब्यूको अवसर पाउने भएका छन् । यदि उनले वेस्ट इन्डिजविरुद्ध खेल्ने मौका पाए उनी टी-ट्वान्टीमा डेब्यू गर्ने ८० औं भारतीय खेलाडी बन्नेछन् ।
सन् १९९२ अगस्ट ७ मा आगरामा जन्मिएका राहुल चाहर लेग ब्रेक गुग्ली बलिङ गर्छन् ।
उनी घरेलु क्रिकेटमा राजस्थानका लागि प्रतिनिधित्व गर्छन् । उनले भारतीय यू-१९, यू-२३ र भारत 'ए'का लागि खेलिसकेका छन् ।
२०१६-०१७ रणजी सीजनमा उनी फर्स्ट क्लास क्रिकेटमा उनले राजस्थानका लागि ५ नोभेम्बर २०१६ मा डेब्यू गरेका थिए ।
१९ वर्षको उमेरमा राहुललाई आईपीएल फ्रेन्चाइजी राइजिङ पुणे सुपरजाइन्ट्सले सन् २०१७ मा दश लाख भारूमा खरीद गरेको थियो । त्यसपछि राहुललाई सन् २०१८ मा मुम्बई इन्डियन्सले आफ्नो टीममा राखेपनि खेल्ने मौका पाएनन् ।
२०१८-०१९ सीजनमा विजय हजारे ट्रफीमा उनले आफ्नो टीम राजस्थानका लागि सबैभन्दा बढी विकेट लिएका थिए ।
उनले ९ खेलमा २० विकेट लिएका थिए ।
आईपीएलको १२ औं संस्करणमा उनले मुम्बईका लागि शानदार प्रदर्शन गरेका थिए । उनले कुल १३ खेलमा १३ विकेट लिएका थिए ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...