×

NMB BANK
NIC ASIA

३६ वर्षअघि बेपत्ता भएकी किशोरी खोज्ने क्रममा भ्याटिकन सिटीमा हाडै हाड भेटियो

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्याथोलिक क्रिस्चियनहरूको पवित्र शहर भ्याटिकन सिटीका दुई चिहानमा हजारौं हाड फेला परेका छन् । तीन दशकअघि बेपत्ता भएकी १५ वर्षीया एक किशोरी कसरी हराइन् भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा हाडहरू भेटिएका हुन् । 

Muktinath Bank

भ्याटिकनका एक प्रभावशाली कर्मचारीकी छोरी इमानुएला ओर्लान्डी सन् १९८३ मा बेपत्ता भएकी थिइन् । उनी मध्य रोमबाट संगीत सिकेर घर फर्किंदै थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओर्लान्डी बेपत्ता भएको घटनाले इटालेलीहरूलाई तीन दशकसम्म रोमाञ्चित पारिरहेको छ । यस विषयमा अनेकौं षड्यन्त्र सिद्धान्तहरू प्रस्तुत गरिएका छन् । आपराधिक समूहहरूदेखि लिएर अन्तर्राष्ट्रिय आतंकवादीहरू अनि भ्याटिकनका उच्च पदाधिकारीसम्म घटनामा संलग्न रहेको मानिएको छ । 


Advertisment
Nabil box
Kumari

पोहोर साल ओर्लान्डी परिवारले अज्ञात स्रोतबाट सूचना पाएपछि यस घटनामा चासो फेरि जागेको हो । सूचनादाताले राजकुमारी सोफी फोन होहेनलोहे र राजकुमारी शार्लेट फेडेरिकाका चिहानमा इमानुएलाको हाड रहेको सूचना दिएका थिए ।

Vianet communication
Laxmi Bank

ओर्लान्डी परिवारले एउटा मूर्तिको तस्वीर तथा एक निर्देशन प्राप्त गरेका थिए । निर्देशनमा देवदूतले कता संकेत गरिरहेको हो हेर्नू भनी लेखिएको थियो । त्यो हेर्दै जाँदा उनीहरू ट्युटोनिक सिमेटरी पुगे । त्यो सेन्ट पिटर्स बासिलिकानजिक छ र त्यहाँ जर्मन भाषा बोल्ने क्याथोलिकहरूलाई प्रायः गाड्ने गरिन्छ । 

भ्याटिकनले फोरेन्सिक अनुसन्धानकर्मीहरूलाई चिहान खोल्ने अनुमति जुलाई ११ मा दिएपछि केही फेला परेन । तर मृतकहरूको हाड भण्डारण गरेर राख्ने ओस्सुएरीहरू खोलियो । 

अनुसन्धानकर्मीहरूले चिहानमा हजारौं हाड फेला पारे र यी हाड दर्जनौं मानिसको भएको विश्वास गरिएको छ ।

अब सबै हाडहरूको डीएनए विश्लेषण गरिनेछ । 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x