गुल्मीमा पहिरो : मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो, ५ जना अझै बेपत्ता

साउन ७, २०७६

गुल्मी- गुल्मीमा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

पहिरोमा परि मृत्यु हुनेमा सत्यबती गाँउपालिका ३ ठूलो लुम्पेगका ३२ वर्षीय तिलकुमार तरामु, उनको ९ वर्षीय छोरा दर्शन तरामु रहेको प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिएका छन् ।


ADVERTISEMENT

सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६२ वर्षिया छल्ली विक, २८ वर्षीया पम्फा विक, १२ वर्षीया अन्जली विक र १० वर्षीय हेमन्त विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र  वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुवै ठाँउमा गरेर ५ जना अझै बेपत्ता भएका छन् । पहिरोमा परि १ जना घाइते भएका छन् ।

उद्धारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । घटनास्थल सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी टाढा रहेको छ । भारी वर्षाका कारण ठाउँ-ठाउँमा बाटो भत्किएपछि उद्दारमा पुग्न कठिनाइ भएको प्रजिअ पौडेलले बताए । त्यसतर्फ नेपाल प्रहरीका जनपथ, शसस्त्र, नेपाली सेनाको टोली गएको प्रहरीले जनाएको छ ।

साउन ७, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस