कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच आज भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि सोमबार अध्यक्ष लेवेदेभ नेपाल आएका थिए । उनीहरुबीच नेपाल–रुसी महासङ्घको लामो समयदेखिको सौहार्दतापूर्ण र सुमधुर सम्बन्धबारे छलफल भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रहेको रणनीतिक योजना र यसको कार्यान्वयनमा जानकारी दिए । उनले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बताए ।
प्रधानन्यायाधीश राणाले दुई देशबीच भएको कूटनीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे ।
रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष लेवेदेभले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेको र यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले दुई देशको न्यायपालिकाको नेतृत्व तहबाट भएका भेटघाट र भ्रमणले एकअर्काको अनुभवको आदानप्रदानबाट अनुशरण गर्न सक्ने कुराहरु आफ्नो अभ्यासमा अवलम्बन गर्न सकिने उल्लेख गरे ।
न्यायपालिकाको रणनीतिक योजना भर्खरै मात्र सार्वजनिक भएको जानकारी पाउँदा खुशी लागेको र यसले न्यायपालिकाको प्रणालीगत सुधार गर्दै लैजान शुभकामना व्यक्त गरे ।
यही साउन ९ गतेसम्म भ्रमणमा आउनुभएका अध्यक्ष लेवेदेभसहित भ्रमण दलमा तीन जना रहेका छन् ।
नेपाल भ्रमणका क्रममा उहाँहरुले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...