×

NMB BANK
NIC ASIA

भारतीय जासुस प्रमुखको रहस्यमय काठमाडौँ यात्रा, नेकपाको स्कुल विभागमा भुसालको पनि दाबी

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – गत शनिवारदेखि भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलले नेपालमा गरेको उच्चस्तरीय भेटघाटसम्बन्धी चर्चा व्यापक रूपमा चुलिएपनि भेटघाटमा संलग्न सम्बन्धित पक्षबाट जनतासमक्ष औपचारिक पुष्टि या खण्डन केही आएको छैन ।

Muktinath Bank

सम्बन्धित पक्षले यसबारेमा मुख नखोल्दा गोयलको भ्रमण झन् संकास्पद र विवादास्पद बनिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्राप्त सूचना अनुसार गोयल शनिवारै नेपाल आएपछि र ह्यात होटेलमा कोठा बुक गरेर बसेका थिए  । तर सम्बन्धित पक्षले गोयलसँगको भेटवार्ताबारे मुख नखोल्दा उनको भ्रमण शंकास्पद हुन पुगेको हो ।
सोमवार बिहान गोयलले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई उनकै निवासमा भेटेको चर्चा चल्यो । प्राप्त सूचना अनुसार गोयल र प्रचण्डबीच करीब २ घन्टा भेटवार्ता चलेको थियो । तर यसबारेमा प्रचण्डको सचिवालय हालसम्म केही बोलेको छैन । 


Advertisment
Nabil box
Kumari

गोयलको प्रधानमन्त्रीसँगको भेटवार्ताबारे सरकारले पनि औपचारिक रूपमा मुख खोलिसकेको छैन । 

Vianet communication
Laxmi Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको गोयलसँग भएको भेटवार्ताबारे आफूलाई कुनै जानकारी नभएको प्रष्ट पारे । मंगलवार लोकान्तरसँग कुराकानी गर्दै शर्माले उक्त भेटबारे आफूलाई हालसम्म केही जानकारी नभएको दाबी गरेका हुन् ।

त्यस्तै नेपाल(भारत सम्बन्धमा जानकार सांसद अमरेशकुमार सिंहले पनि भेटवार्ताबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘गोयलको नेपाल भ्रमण हुनु कुनै नौलो कुरा होइन’ सिंहले लोकान्तरसँग भने, ‘तर कहिले आए, क(कसलाई भेटे भन्ने कुरा अहिले मेरो जानकारीमा छैन ।’

राजपाका नेता महेन्द्र राय यादवले पनि भेटवार्ता सम्बन्धमा आफू जानकार नरहेको बताए । उच्च स्रोतका अनुसार गोयल राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रतिपक्षी दलका सभापति देउवा, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू लगायतलाई भेटेर भारत फर्किसकेका छन् । 

पहिरामा पुरिएका नौको शव निकालियो, चार अझै बेपत्ता

    गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 
    
    पहिरामा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उनले बताए । 
अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उनका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिराबाट निकालिएको छ । सो वडामा पहिरामा १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् । 

    यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिए । उनका अनुसार सो स्थानमा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्र्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।

    उक्त क्षेत्रमा पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं. ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै पहिरामा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिए ।  

    छानबिन समितिको कार्यशैलीप्रति प्रम ओली असन्तुष्ट
 
    प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । 

    प्रतिष्ठानको तेस्रोसभा बैठकलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा देखिनु उचित नभएको प्रतिक्रिया दिए । 

 प्रतिष्ठानमा अनियमितता भएको विषयमा छानबिन गर्न सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितिको हवाला दिँदै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा सङ्गीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

    “समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बुझाए जस्तो छ”, प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले भने । 
 उनले थपे, “यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरू छानबिन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।”

नेकपाको स्कुल विभागमा घनश्याम भुसालको पनि दाबी 
नेकपामा स्कुल विभागको नेतृत्वमा इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । माक्र्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् ।
‘यदि पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मैले कम मिहिनेत गरेको छैन,’ भुसालले  भने, ‘पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ, त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ ।’
दुई नगरपालिकाबीच विवाद 
    
महाकाली नदीको स्रोत बाँडफाँटमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच विवाद देखिएको छ । स्रोत बाँडफाँटमा सहमति हुन नसकेपछि भीमदत्त र महाकाली नगरपालिकाले आ–आफ्नो क्षेत्रमा रोयल्टी सङ्कलन गर्ने भएका छन् ।

निर्वाचनपछि दुवै स्थानीय तहबीच रोयल्टी बाँडफाँटमा सहमतिका लागि गत वर्ष पटक पटक छलफल भएको थियो । छलफल विना निष्कर्ष टुङ्गिएपछि दुवै नगरपालिकाले आधा आधा रोयल्टी सङ्कलन गर्ने भएका हुन् । यसअघि जिविसले रोयल्टी बाफतको रकम सङ्कलन गर्दै आएको थियो । 

असारमा १२१ महिला हिंसाका घटना

    मुलुकभर असारमा १२१ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले मंगलबार असारको मासिक प्रतिवेदन सार्वजनिक गर्दै यस अवधिमा ५७  घरेलु हिंसा, २७ बलात्कार र १४ सामाजिक हिंसाका घटना भएको जनाएको छ । 

    त्यस्तै १० हत्या, छ यौनदुव्र्यवहार, तीन बलात्कारको प्रयास, दुई मानव बेचविखन, एक लैङ्गिक विभेदका कारणले आत्महत्याको प्रयास र एक अनलाइनमार्फत हिंसा भएको तथ्याङ्क सङ्कलन गरिएको छ । उमेरका आधारमा हेर्दा सबैभन्दा धेरै ३७ जना १७ देखि २५ वर्ष उमेर समूहका, ३२ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २९ जना १६ वर्षभन्दा कम उमेरका र  १० जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिला हिंसाबाट प्रभावित रहेका देखिएका छन् । 

सम्झौता नगर्ने भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । 

    यसैगरी २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेलाई पनि लाभग्राहीको सूचीबाट हटाइएको छ । अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही आठ लाख २६ हजार ९३३ मध्ये सात लाख ६९ हजार ६२४ ले अनुदान सम्झौता गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । 

    अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या पाँच हजार ५४० छ । 

    विज्ञापन नियमनबारे समितिमा बहस

    विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन ऐन बनाइनुपर्ने सुझाएका छन् ।  
    ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक–२०७५’ बारे संसद्को विकास तथा प्रविधि समितिको बैठकको छलफलमा उनीहरूले खाद्यान्न, मदिराजन्य पदार्थलगायतको विज्ञापनमा महिलाको प्रयोग रोग्ने तथा स्वास्थ्यसँग जोडिएका संवेदनशील विषयबारे भ्रामक रूपमा गरिने प्रचारलाई पनि नियन्त्रण गरिनुपर्ने खाँचो औल्याए । 

    साथै, सरकारी विज्ञापनको समानुपातिक वितरणको सुनिश्चितता गरी विज्ञापन नियमन गर्ने निकायलाई स्वायत्त र त्यहाँ रहने अधिकारीको खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेजस्ता विषयलाई विधेयकमा समेटिनुपर्ने पनि उनीहरूको सुझाव थियो ।
    
घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

    प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो । आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि सार्वजनिक गरिएको हो । आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

 लोकसेवा आयोगसम्बन्धी विधेयक पारित

    सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 


    

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x