×

NMB BANK
NIC ASIA

कश्मीर मध्यस्थताको विषय ट्रम्पले आफैं नबनाएको उनको आर्थिक सल्लाहकारको दाबी

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर विवादमा मध्यस्थता गर्न भनेको भनी गरेको दाबीमा प्रश्न उठिरहेको छ ।

Muktinath Bank

तर भारत सरकारले उनको यो दाबीको तत्कालै खण्डन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पका आर्थिक सल्लाहकार ल्यारी कुडलोले राष्ट्रपतिको बचाउ गर्दै उनले कहिले पनि आफैं कुरा नबनाउने गरेको बताए । 


Advertisment
Nabil box
Kumari

ह्वाइट हाउसमा पत्रकारहरूले कुडलोसँग ट्रम्पको दाबीका बारेमा सोध्दा उनले यो भद्दा प्रश्न भएको बताए । कुडलोले भने, ‘राष्ट्रपति आफैं कहिले पनि कुरा बनाउँदैनन् । यो गलत प्रश्न हो जस्तो लाग्छ । म यस विषयमा टिप्पणी गर्दिनँ । यो प्रश्न मेरो दायराभन्दा बाहिर छ । यसको उत्तर राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र परराष्ट्रमन्त्री माइक पम्पिओले अनि राष्ट्रपति आफैंले मात्र दिन सक्छन् ।’

Vianet communication
Laxmi Bank

ट्रम्पले सोमवार इमरान खानसँगको पत्रकार सम्मेलनमा मोदीले आफूलाई दुई हप्ताअघि भेट्दा कश्मीर विवादमा मध्यस्थताको प्रस्ताव गरेको बताएका थिए । त्यसमा इमरानले प्रतिक्रिया दिँदै यसो गर्नुभयो भने अर्बौं मानिसले तपाईंलाई आशिष दिनेछन् भने । 

अमेरिकी सांसदहरूले समेत ट्रम्पको बयानको आलोचना गर्दै भारतले कश्मीर विवादमा तेस्रो पक्षको सहभागिता कहिल्यै नचाहेको बताएका थिए । तर ट्रम्पका आर्थिक सल्लाहकारले ट्रम्पले मनगढन्ते कुरा नगरेको भनेपछि मोदीले साँच्चिकै ट्रम्पसमक्ष प्रस्ताव राखेका हुन् कि भनी आशंका समेत बढेको छ ।

कांग्रेस नेता राहुल गान्धीले मोदीबाट ट्रम्पसमक्ष यस्तो प्रस्ताव गएको हो भने त्यो राष्ट्रघात भएको प्रतिक्रिया दिएका छन् ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x