×

NMB BANK
NIC ASIA

सुरक्षा/अपराध

अपराधीलाई कानूनले कहिल्यै भुल्दैन ! २० वर्षपछि यसरी समातिए हत्या अभियुक्त

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कास्कीको पोखरादेखि उत्तरतर्फ अन्नपूर्ण गाउँपालिका (साविकको घान्द्रुक गाउँ विकास समिति वडा नम्बर ७) मा बल्लोपल्लो घरमा मिलिजुली नै बसेका थिए मनप्रसाद गुरुङ र कुमार गुरुङ ।

Sagarmatha Cement
Muktinath Bank

२० वर्षअघि अर्थात् २०५६ माघ ४ गते बेलुका एकै वंशका दुवै दाजुभाइ ३१ वर्षीय मनप्रसाद र ५६ वर्षीय कुमारबीच मदिरा खाने सल्लाह भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँझपख घरेलु मदिरा खानेगरी कुमार मनप्रसादको घरमा आए । जब मदिराको नशा चढ्न थाल्यो, तब ‘हङकङ आईडी’को विषय उठ्यो । आईडीलाई लिएर विवाद उग्र रुप लियो । जुन विवादले एकैछिनमा हत्याको रुप लियो ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार कुमारसँग हङकङ आइडी थियो । त्यो आईडी अरुले समेत बोकेर हङकङ जान मिल्ने व्यवस्था उतिबेला थियो । कुमारसँग भएको आईडी मनप्रसादले लिन खोजेपछि विवाद बढ्यो । 

Vianet communication
Laxmi Bank

घटनास्थलमा कुमार र मनप्रसादका परिवारका सदस्य पनि थिए । विवाद हुँदाहुँदै नजिकै भएको खुर्पा (काठ–दाउरा चिर्न प्रयोग गरिने धारिलो हतियार) ले कुमारले मनबहादुरलाई टाउकोमा हिर्काए । घाइते भएका मनप्रसादको ५ गते बिहान मृत्यु भयो ।

आईडी जोगाउन खोज्दा भएको विवादका क्रममा मनप्रसादको मृत्यु भएपछि कुमार गाउँबाट भागे । प्रहरीका अनुसार उनी म्याग्दी जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका रहेछन् ।
झण्डै २ दशकअघि भएको हत्या घटनाका अभियुक्त कुमारलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । जब प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की कास्की जिल्लाको प्रमुख भएर गए, तब उनले पुराना अपराधका फाइल अध्ययन गर्न थाले ।

‘समाज र घरपरिवारले भुलिसकेको अपराधीलाई कानूनले कहिल्यै पनि भुल्न सक्दैन’ भन्ने मनन् गरेर कुमार लगायतका अन्य पुराना फाइललाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए । ‘समाज, छरछिमेक र स्वयं पीडित परिवारले नै लामो समयपछि अपराधी भुलिसकेको हुन्छ तर कानूनले भने भुल्ने भन्ने हुँदैन । त्यसैले कतै हत्यारा यतै पो छन् कि भनेर प्रहरी खटायौं,’ उनले भने । प्रहरीलाई साउन ४ गते सूचना आयो – कुमार आफ्नै घरमा केही महिनादेखि बस्दै आएका छन् । उनलाई प्रहरीले सोही दिन आफ्नै घर घान्द्रुकबाट पक्राउ गर्न सफल भयो ।

‘घटनालगत्तै फरार कुमार म्याग्दी जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेको, करीब २ वर्षपछि भारततर्फ गएको, करीब १४ वर्ष भारत बसेर बुवाको मृत्युपश्चात् घर फर्केको र कास्की जिल्लाकै विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो,’ एसपी कार्कीले लोकान्तरसँग भने ।

उनलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x