×

NMB BANK
NIC ASIA

बाढीपहिरोको विपत्ति

सत्यवतीमा पहिरोबाट ६ सय विस्थापित, सडक अवरुद्ध हुँदा अझै राहत पुग्न सकेन

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- गुल्मीको सत्यवतीमा गएको पहिरोबाट ६ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

Muktinath Bank

सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेकको सिङदी गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले झण्डै चार सय जनालाई स्थानीय धर्मपुर मावि र अस्लेवाका सुरक्षित स्थानमा सारिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नम्बर ४ को लिम्घामा दुई सय घरपरिवार जोखिममा रहेपछि स्थानीय सरस्वती माविमा स्थानान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष शुवर्णा शेरचन शाहीले जानकारी दिइन् ।अहिले पनि पानी परिरहेका कारण लिम्घा र ठूलो लुम्पेक सडक पहिरोले अवरुद्ध हुँदा राहतका सामग्री त्यहाँ पुग्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पहिरो गएको स्थल पुगेका थिए । उनी आएको हेलिकप्टरले पोखराबाट राहत सामग्री ल्याउने तयारी भए पनि मौसम खराबीका कारण हेलिकप्टर आउन सकेको छैन । सदरमुकाम तम्घासबाट पठाएको राहत रुद्रवेणी र शाहघाटमा रोकिएको छ । गाउँमा खाद्यान्न जुटाएर विद्यालयमा मेस लगाएर विस्थापितलाई खाना खुवाइएको उपाध्यक्ष शाहीले लोकान्तरलाई जानकारी दिइन् ।  

दाहसंस्कार गर्न लैजान पनि सकिएन 

दाहसंस्कार गर्ने ठाउँ साहघाट पहिरो र पानी परिरहेका कारण शवहरूलाई त्यहाँ लैजाने सकिएको छैन । सामूहिक दाहसंस्कार गर्ने तयारी भएपनि पानी परिहेका कारण घाटमा शवहरू लैजान नसकिएको शाहीले बताइन् ।  

राहत अझै पुग्न सकेन 

'गाउँपालिकाले दिन दिने राहत पनि गाउँपालिकाको कार्यालयमै छ,'  शाहीले भनिन्, 'पहिरो गएका ठाउँमा ३ घण्टा पैदल हिँडनुपर्ने अवस्था छ । पहिरोको कारण गाडी जान नसक्ने अवस्था छ ।' 

पहिरोमा परि घाइते भएका धनी तरामु र करिस्मा तरामुलाई उपचारका लागि काठमाडौं लैजाने भनिए पनि पानी परिरहेका कारण लैजान सकिएको छैन । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले हलिकप्टर पोखरा रहेको र मौषम खराब भएका कारण आउन नसकेको बताए ।  

वेपत्ताको खोजी गर्न सेनाको टोली पुग्दै

पहिरामा परि अझै चार जना बेपत्ता भएका छन् । पहिरोमा ववी बिक, माया बिक, तारा बिक र सुमन बिक हराइरहेका छन् । प्रजिअ पौडेलले हराइरहेकालाई खोजीको लागि नेपाली सेनाको दुई टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए । १५/१५ जनाको दुई टोली लिम्घा जाँदै गरेको उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x