×

NMB BANK
NIC ASIA

बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका छन् । बुधवार उनले नयाँ जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

ब्रेक्जिटका विषयमा युरोपेली संघसँगको सम्झौता संसदबाट पास गराउन नसकेपछि टेरिजा मेले केही दिनअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि  सत्तारूढ दल कन्जर्भेटिभ पार्टीको नेताका लागि भएको चुनावमा बोरिस जोनसनको प्रतिस्पर्धा जेरेमी हन्टसँग थियो र जोनसनले खसेकोमध्ये ६६ प्रतिशत मत ल्याएर चुनाव जिते । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोनसन बारम्बार विवादमा घेरिने गर्छन् । टेरिजा मेको कार्यकालमा जोनसन परराष्ट्रमन्त्री थिए । उनी पत्रकार, सांसद, मेयर र परराष्ट्रमन्त्री हुँदै प्रधानमन्त्री बन्न लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

उनको दिमाग तीखो छ र उनी मेहनती पनि छन् । तर उनी कसैबाट पनि नाइँ सुन्न चाहँदैनन् भनिन्छ ।

Vianet communication
Laxmi Bank

निजी जीवन
हालैका वर्षमा जोनसन निजी जिन्दगीका कारण मिडियामा छाए । पोहोर साल उनले पत्नीबाट पारपाचुके लिएका थिए ।

जोनसनका पाँच सन्तान छन् । चार सन्तान उनले एक पत्नीबाट पाएका हुन् भने एक सन्तान चाहिँ विवाहेतर सम्बन्धमा रहेकी महिलाबाट प्राप्त गरेका हुन् । 

जोनसनले दुई पत्नीसँग पारपाचुके गरिसकेका छन् भने अहिले प्रेमिकासँग बसिरहेका छन् । उनकी पहिली पत्नीको नाम एलेग्रा मोस्टीन–ओवेन हो । उनीहरू विश्वविद्यालयमा पढ्दा भेट भएर विवाह गरेका हुन् । 

उनीहरूको सन्तान भएन अनि एलेग्रासँग पारपाचुकेपछि जोनसनले मरिना ह्वीलरसँग सन् १९९३ मा विवाह गरे । मरिना वरिष्ठ अधिवक्ता हुन् र उनले जोनसनसँगको सम्बन्धबाट चार सन्तान जन्माएकी छन् । मरिनाका पिता बीबीसीका संवाददाता सर चार्ल्स ह्वीलर हुन् भने आमा चाहिँ भारतीय मूलकी दीप सिंह हुन् ।

मरिनासँग विवाह गरेपछि पनि जोनसनले अन्य महिलाहरूसँग सम्बन्ध बनाइरहे । यसले गर्दा उनीहरूबीच खटपट भयो र सन् २०१८ मा उनीहरू छुट्टिए । जोनसनले पब्लिक रिलेसन्समा काम गर्ने क्यारी साइमोन्ड्ससँग राखेको सम्बन्धको खुलासा भएपछि मरिनासँग सम्बन्ध टुटेको थियो ।

क्यारी अब जोनसनसँगै प्रधानमन्त्री निवासमा बस्नेछिन् । त्यसो त क्यारीसँग पनि जोनसनको सम्बन्धमा केही दिनअघि प्रश्न उठेको थियो । उनीहरू बस्ने गरेको फ्ल्याटमा उनीहरूले झगडा गरेको आवाजको रेकर्डिङ छिमेकीहरूले पत्रिकालाई चुहाइदिएका थिए । 

रेकर्डिङमा बोरिसले फ्ल्याट छोडेर जान अस्वीकार गरेको अनि क्यारीलाई ‘मेरो ल्यापटप छोड्’ भनेको र केही खसेको ठूलो आवाज आएको सुनिन्छ । 

तर यो घटना सार्वजनिक भएपछि जोनसन र क्यारी एकजुट भएका छन् अनि घटनामा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

बोरिस जोनसन आफ्नो अनौठो कपालका लागि प्रसिद्ध छन् । सार्वजनिक क्षेत्रमा चाहिँ उनी खुला छाडेको कपालका साथ नै देखिन्छन् । 

उनी आफ्ना रमाइला भाषणका लागि चर्चित छन् । कन्जर्भेटिभ दलको नेता छानिएपछि पनि उनले भाषणको शुरूआतमै समर्थकहरूलाई ‘म विजयी भएको कुरा पत्याउनुभएन होला’ भने । 

बोरिसलाई साइकल चलाउन खुबै मन पर्छ । उनका साइकललाई बोलीचालीको भाषामा बोरिस बाइक्स भनिने गर्थ्यो ।

राजनीतिक जीवन
अमेरिकाको न्युयोर्कमा धनाढ्य बेलायती परिवारमा जन्मेका जोनसनले ब्रसेल्सस्थित युरोपीयन स्कूल, याशडाउन हाउस र इटोन कलेजमा अध्ययन गरेका हुन् । उनले अक्सफोर्डको ब्याल्लियोल कलेजमा क्लासिक्स अध्ययन गरेका थिए । उनी फरर ग्रिसेली भाषा बोल्न सक्छन् ।

उनले द टाइम्समा पत्रकारिता शुरू गरेका थिए । तर एउटा उद्धरण बंग्याएको आरोपमा उनलाई पत्रिकाले बर्खास्त गरेको थियो । पछि उनी द डेली टेलिग्राफको ब्रसेल्स संवाददाता बने अनि बेलायती दक्षिणपन्थीहरूमाझ बढिरहेको युरोपेली संघविरोधी भावनालाई मलजल हुने गरी लेख लेख्थे । 

उनी सन् १९९४ सम्म टेलिग्राफमा थिए । टेलिग्राफ छोडेपछि उनी द स्पेक्टेटरको सम्पादक बने र सन् २००५ सम्म सम्पादक रहे ।

सन् २००१ मा उनी हेन्लीबाट सांसद बने । पछि सन् २००८ मा उनी लन्डनको मेयर बने । मेयर बनेपछि उनले सार्वजनिक यातायातमा मदिरा सेवनमा प्रतिबन्ध लगाए र नयाँ बससेवा, साइकल भाडामा लिएर चलाउने योजना अनि टेम्स नदीमा केबलकार चलाउने परियोजना कार्यान्वयन गरे । सन् २०१२ मा उनी पुनः मेयरमा निर्वाचित भए । सन् २०१२ मा लन्डनमा आयोजित ओलम्पिक उनकै रेखदेखमा भएको थियो । 

सन् २०१५ मा उनी अक्सब्रिज यान्ड साउथ रुइस्लिपबाट सांसद बने । 

सन् २०१६ मा जोनसनले युरोपेली संघबाट बहिर्गमन गर्ने बेलायती जनमत संग्रहमा बहिर्गमनको पक्षमा अभियान चलाए । जनमतसंग्रहपछि टेरिजा मे कन्जर्भेटिभ पार्टीको नेता छानिइन् र प्रधानमन्त्री बनिन् । मेले जोनसनलाई परराष्ट्रमन्त्री बनाइन् । 

दुई वर्षसम्म परराष्ट्रमन्त्री भएपछि उनले ब्रेक्जिटका विषयमा मेले अपनाएको दृष्टिकोणमा मतभेद राख्दै पदबाट राजीनामा दिए । मेले ब्रेक्जिट सम्झौता संसदबाट पारित गर्न नसकेपछि राजीनामा दिइन् र जोनसन प्रधानमन्त्री बन्ने बाटो खुल्यो । 

आगामी बाटो
बोरिस जोनसनलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रायः तुलना गर्ने गरिन्छ । यी दुई नेताले एक अर्काको प्रशंसा गर्ने गरेका छन् । पश्चिममा दक्षिणपन्थी लोकरञ्जनवादको पैरवी यी दुवैले गरेका छन् । 

जोनसनले नयाँ कार्यकालमा ट्रम्पले भनेमुताबिकको काम गर्ने लक्षण देखाइसकेका छन् । अमेरिकाका लागि बेलायती राजदूत किम डारोकले ट्रम्पका बारेमा लेखेको नकारात्मक सन्देश लीक भएपछि जोनसनले किमको प्रतिरक्षा गरेनन् । इरानविरुद्ध युद्ध गर्न खोजेको अमेरिकालाई जोनसन प्रधानमन्त्री भएपछि बेलायती समर्थन प्राप्त हुन सक्छ । 

ट्रम्पले जस्तै जोनसन पनि विवादास्पद बयानका कारण धेरैपटक अप्ठ्यारोमा परेका छन् । इस्लामप्रति यी दुवैले सकारात्मक धारणा राख्ने गरेका छैनन् । बुर्का लगाएका महिलालाई जोनसनले 'लेटरबक्स' जस्तो अनि 'बैंक डकैत' जस्तो देखिने भनी कटु टिप्पणी गरेका थिए । 

कुनै समयमा जोनसनले आफू संसारकै सम्राट हुन चाहेको बताएका थिए । अहिले उनी बेलायतको प्रधानमन्त्री बनेका छन् । तर सम्झौताविहीन ब्रेक्जिट समेत गर्न सकिने धारणा राख्ने जोनसनलाई अगाडिको बाटो सहज छैन । 

संसद्ले सम्झौताविहीन ब्रेक्जिट रुचाएको देखिँदैन । जोनसनले केही सहमति नगरी चुप लागेर बसे भने स्वतः नै सम्झौताविहीन ब्रेक्जिट अक्टोबर ३१ मा हुनेछ तर संसद्ले शायद यसो हुन दिने छैन । त्यसो त देशका प्रभावशाली व्यापारिक संगठनहरूले सम्झौताविहीन ब्रेक्जिटबाट देशको अर्थतन्त्रलाई क्षति पुग्ने बताउँदै आएका छन् ।

अनि जोनसनले अक्टोबर ३१ सम्ममा आइरिश सीमा प्रावधान विनाकै सहमति गरेर ब्रसेल्ससँग गर्ने भने पनि यसो गर्न सहज छैन । युरोपेली संघका नेताहरूले नयाँ सम्झौता नगर्ने र टेरिजा मेसँगै गरिएको सम्झौता अनुसार अघि बढ्ने बताएका छन् । यी सबै परिस्थितिलाई सम्बोधन गर्दै जोनसन कसरी अघि बढ्ने हुन्, समयले नै बताउनेछ ।

एजेन्सीको सहयोगमा
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x