छवि र शिल्पा खोज्दै प्रहरी, के आजै पक्राउ पर्लान् ?

फाइल फोटो
साउन ९, २०७६

काठमाडौ‌ं- फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई प्रहरीले खोजिरहेको छ । 

बहुविवाहको आरोपमा अदालतले प्रहरीलाई पक्राउका लागि स्वीकृति दिएपछि उनीहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 


ADVERTISEMENT

महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले भने, 'अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । हामी छवि र शिल्पालाई खोजिरहेका छौं ।' 

शिल्पाले श्रीमान छविले आफूमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिएपछि यतिबेला छवि-शिल्पा प्रकरणले फिल्म बजार पनि गर्माएको छ । 

शिल्पाले अब आफू छविसँग बस्न नसक्ने भन्दै आइरहेकी छन् । 

शिल्पाले छविसँग डिभोर्स मागिरहँदा हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि यस प्रकरणमा एकाएक ट्वीस्ट आएको थियो । 

छविकी पहिलो श्रीमती हेमाले केही दिनअघि उनीहरूविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । त्यसपछि उनको उजुरीको आधारमा अदालतले बुधवार पक्राउ पुर्जी जारी गरेको हो । 

साउन ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस