रमिला न्यौपानेको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक

साउन ९, २०७६

काठमाडौं– तीज गीत बजारमा ल्याइरहेकी गायिका रमिला न्यौपानले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

‘पशुपतिमा’ बोलको गीतमा उनलाई खुमन अधिकारीले साथ दिएका छन् । गीतमा न्यौपानेका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको स्वर रहेको छ । 


ADVERTISEMENT

बाबुराम बोहराको शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् । 

गीत सनराइज म्युजिकले बजारमा ल्याएको हो । गायिका न्यौपानेले  १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् ।

१४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आऊ–आऊ माया, सिस्नुपानी लगायतका एल्बममा स्वर दिएकी छिन् ।

हेर्नुहोस्, भिडियो :

साउन ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस