×

NMB BANK
NIC ASIA

'मनी ट्रान्सफरबाट रकम लुटियो, म बर्बादै भएँ' : प्रहरीको जवाफ- नआत्तिनुस्, हामीले चोर समातिसक्यौं

साउन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ स्थित पारस मनी ट्रान्सफरका सञ्चालक रामेश्वर साहले इलाका प्रहरी कार्यालय यदुकुहामा शनिवार बिहानै ६ बजे फोन गरेर रकम चोरी भएको मौखिक उजुरी गरे । उनले इलाका प्रहरी कार्यालय शहीदनगरका प्रहरी निरीक्षक दिपक बाबु केसीलाई फोन गरेका थिए । आफ्नो मनी ट्रान्सफरको सटरको ताला फुटाएर टेबुलको घर्रामा रहेको ३ लाख ३९ हजार ५ सय नगद रुपैयाँ चोरले चोरी गरेर राति लगेको गुनासो उनले फोनमैं गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

'हिजो हिसाब गरेर उक्त रकम टेबुलको घर्रामा राखेको थिएँ, तर चोरले सटर र घर्रा समेतको ताल्चा फुटाएर रकम चोरी गर्‍यो, म त बर्बाद भएँ' भन्दै पीडित साहले प्रहरी निरीक्षक केसीलाई भनिरहेका थिए । फोनमै प्रहरी निरीक्षक केसीले उनलाई भने,‘तपाईं नआतिनुस्, तपाईंको चोरी भएको नगद रकम र चोर समेतलाई हामीले समातिसकेका छौं, कार्यालय आउनुस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी निरीक्षक केसीले पीडित साहलाई जवाफ दिँदा साहलाई त शुरूमा विश्वास नै भएन । ‘इन्स्पेक्टर साहेबलाई मैले चोरी भएको घटनाबारे बताउँदा चोर नै नगद रकमसहित समातिइसकेको भन्ने कुरा भन्दा विश्वास नै लागेन,’ साहले भने, ‘पछि कार्यालय जाँदा नगदसहित चोरलाई राति नै प्रहरीले पक्राउ गरिसकेको रहेछ । फेरी चोरी भएको रुपैयाँमा एक रुपैयाँ पनि खर्च गरिएको थिएन ।'


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

सामान्यतया चोरीको घटना भइसकेपछि उजुरी दिँदा पनि चोर पक्रिन नसकिरहेको कतिपय घटना छन् । तर यो पहिलो घटना हो जहाँ पीडितले आफ्नो सामान चोरी भएको उजुरी गर्नु भन्दा पहिले नै प्रहरीले चोरलाई नगद रकम सहित पक्राउ गर्न सफल भएको छ । शहीदनगर नगरपालिकाको गोठ कुवाका २१ वर्षीय गोविन्द यादवलाई गस्तीमा खटेका प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा उसको साथबाट ३ लाख ९५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।

त्यसो भए के प्रहरीलाई पहिले देखि नै त्यहाँ चोरी हुन्छ र चोर समात्न खटिएको हो त? ‘शनिवार बिहान ३ बजे तिरको समयमा नियमित गस्ती गर्ने क्रममा एउटा व्यक्ति उभिएको थियो,’ प्रहरी निरीक्षक केसीले लोकान्तरसँग भने, ‘पहिलेदेखि पनि त्यो व्यक्ति लागूऔषध सेवन गर्ने र तारेखमा रहेकाले प्रहरीले उसलाई सोधपुछ गर्दा उसको साथबाट ३ लाख ९५ हजार ५ सय रुपैयाँ बरामद समेत भयो ।’ 

‘उनीसँग राति नै अनुसन्धान गर्दा मनी ट्रान्सफरबाट रकम चोरेको भनेर बताएपछि हामी पनि पीडितको फोनको प्रतीक्षामैं थियौं,’ प्रहरी निरीक्षक केसीले थपे ।

अनुसन्धानको क्रममा सोही गाउँका २४ वर्षीय रामु यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x