कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग नमिठो पराजय भोगेको छ ।
आइतवार सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो ।
हारसँगै नेपालको विश्वकप यात्रा टुंगिएको छ । प्रतियोगिताको विजेताले आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउनेछ । यस प्रतियोगिता आफ्नो कब्जामा पार्दै सिंगापुर भने ग्लोबल छनोटमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा १९१ रनको योगफल बनाएको थियो ।
१९२ रनको लक्ष्य पछ्याएको नेपाली टोली १५ ओभर १०९ रनमै अलआउट भयो ।
सिंगापुरका लागि सेलाडोरे विजयकुमारले ४ तथा विनोद बसकरणले २ विकेट लिए ।
नेपालले ओपनर कप्तान पारस खड्कालाई शुरूमै गुमायो । उनले १२ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले विस्फोटक इनिङ खेलेको थियो । २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको सिंगापुरका लागि टिम डाभिडले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै रोहनले ४९ रन बनाए भने मनप्रित सिंहले ४२ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले ४ तथा करण केसीले २ विकेट लिए ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...