×

NMB BANK
NIC ASIA

हेग गएर हिरो बन्ने प्रचण्डको दृष्टिदोष !

साउन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा भएको सशस्त्र द्वन्द्वकालीन मुद्दाको निरूपणको बहस चलिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार अनासायै हेग (नेदरल्याण्डमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत)को प्रसंग कोट्याएर राजनीतिलाई तरंगित बनाइदिए ।

Sagarmatha Cement
Muktinath Bank

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका केही कार्यकर्तालाई आफ्नै निवास खुमलटारबाट पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले आफूलाई हेग लगिए झन हिरो हुन्छु भन्ने अभिव्यक्ति दिए । ‘हेग लगिए पनि मलाई केही फरक पर्नेवाला छैन । हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु । संसारभरीका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर चिन्ने छन् । तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले असान्दर्भिक कार्यक्रममा हेगको कुरा किन बोले ? बुझ्न कठिन छैन । सत्तासमीकरण र पार्टी एकताको सन्तुलन मिलाउने नाममा बेलाबखत उनलाई हेगको त्रास देखाइँदैछ । कहिले तत्कालीन माओवादीका लडाकुको नाममा भ्रष्टाचारको मुद्दा त कहिले युद्ध अपराधमा हेग लगिने त्रास प्रचण्डलाई देखाइने गरेको कुरा चर्चामा आइरहन्छ ।


Advertisment
SBL

कसैलाई युद्ध अपराधमा हेग पुर्‍याउनुपूर्व सम्बन्धित देशले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई संसद्बाट अनुमोदन गर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको नेपालको शान्ति प्रक्रिया र सोही शान्ति प्रक्रियाको आधारमा पूर्व विद्रोही नेता तीनपटक प्रधानमन्त्री बनिसकेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेदेखि विभिन्न देशको भ्रमण गरेर उनीहरू अनुमोदित भइसकेको अवस्थामा प्रचण्डलाई हेग लैजान त्यति सजिलो चाहिँ छैन । शायद आफूलाई हेग पुर्‍याउने भनेर त्रर्साउनेहरूलाई प्रचण्डले जवाफ दिएका हुन् । 

Vianet communication
Laxmi Bank

हेगमा लगेमा आफू विश्वको हिरो बन्ने अभिव्यक्ति भने प्रचण्डको परस्परविरोधी अभिव्यक्ति हो । प्रचण्ड देशको हिरो नै बन्न सकेका छ्रैनन् । यथार्थ के हो भने प्रचण्ड देशभित्रै आलोच्य पात्र हुन्, उनको लोकप्रियता घटेको उदाहारण चुनावी नतिजाले देखाइसकेको छ । जे आश्वासन दिलाएर युवालाई सशस्त्र द्वन्द्वमा होमिन प्रेरित गरे, ती एजेण्डाबाट प्रचण्ड आफैँ पछि हटिसकेका छन् । प्रचण्डको जीवनस्तरमा सुधार आएपनि आम नेपाली जनताको जीवनस्तरमा तात्विक सुधार आएको छैन ।

विश्वको हिरो बन्छु भन्ने उनको आत्मरति मात्र हो, विश्वको हिरो बन्न लायक काम उनले गरेका छैनन् । विगतमा द्वन्द्वको नेतृत्व गरेकै आधारमा उनी हिरो बन्न सक्दैनन्, किनभने सशस्त्र युद्धमा सहभागी भएको ठूलो पंक्ति अहिले पश्चाताप गर्दैछ । फेरि उनलाई हेगमा लैजान तम्सिनेहरू माओवादी सशस्त्र द्वन्द्वकै ‘बाइप्रडक्ट’हरू हुन् । अयोग्यको बिल्ला भिराएर रित्तोहात घर पठाइएका पूर्व लडाकुहरू नै प्रचण्डलाई हेग पुर्‍याउने षड्यन्त्रको हिंस्सा बनेका छन् । देशभित्रै आलोचनाको भूमरीमा रहेका नेताले विश्वको हिरो बन्छु भनेर आत्मप्रसंशा गर्नु प्रचण्डको दृष्टिदोष मात्र हो ।

सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता र शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको हैसियतमा आफ्नो टाउकोमाथि झुण्डिइरहेको ‘हेग तरवार’ हटाउने मुख्य जिम्मेवारी त प्रचण्डकै हो । नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यसको हस्ताक्षरकर्तामध्ये आफू मात्र जीवित रहेको भनेर उनले श्रेय लिने गरेका छन् । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक पात्रको हैसियतमा प्रचण्डले यो प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन उनकै बढी योगदान अपेक्षित छ । लेलिन विष्ट या कुनै अदृष्य पात्रलाई आरोप लगाउँदैमा समस्याको समाधान हुँदैन ।

संक्रमणकालीन न्यायको मुद्दालाई कार्पेटमुनिको धूलोजस्तै लुकाएर राख्दाको परिणाम नेताहरूले अहिले भोग्दैछन् । विदेश भ्रमणमा जान त्रर्सिनु पर्ने र सधैँभरी हेगको त्रासले उनीहरूलाई पच्छ्याइरहेको छ । विभिन्न देशका राजदूतहरूले अहिले पनि संक्रमणकालीन न्यायको कुरा उठाएर देशमा अस्थिरता उत्पन्न गर्ने काम गरिरहेका छन् । संक्रमणकालीन मुद्दालाई मेलमिलापका माध्यमबाट छिटो टुंग्याउनु नै सबैका लागि हितकर हुनेछ । दशकौं पुराना युद्ध अपराधको आरोपमा विभिन्न देशका नेताहरू बुढेसकालमा जेल परेका घटनालाई पूर्वमाओवादी नेताहरूले नजरअन्दाज नगरून् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०८०

वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x