×

NMB BANK
NIC ASIA

आर्थिक वर्ष ०७५/७६ मा उच्च अदालत सुर्खेतमा ५१३ मुद्दा दर्ता

साउन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०७५/७६ मा ४८९ थान मुद्दा फर्छ्यौट गरेको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ बाट जिम्मेवारी सरी आएको ६४ थान र आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दा गरी अदालतमा ५७७ मुद्दाको लगत कायम हुन आएको उच्च अदालत सुर्खेतको रजिष्ट्रार कृष्ण प्रसाद पौडेलले जाकारी दिए ।

Muktinath Bank

रजिष्ट्रार पौडेलका अनुसार गत आर्थिक वर्षमा ३५९ थान मुद्दा फर्छ्यौट लक्ष्य राखिएकोमा लक्ष्य भन्दा १३० थान मुद्दा फर्छ्यौट भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लक्ष्य अनुपात अनुसार १३६.२१ प्रतिशत मुद्दा उच्च अदालत सुर्खेतले फर्छ्यौट गरेको छ । दर्ता अनुमान गरेको संख्या भन्दा ९९ थान मुद्दा बढी मुद्दा दर्ता भएका छन् । रजिष्ट्रार पौडेलका अनुसार ८४ दशमलव ७४ प्रतिशत मुद्दा फर्छ्यौट भएका हुन् । 


Advertisment
Nabil box
Kumari

यस्तै ८८ थान मुद्दा आर्थिक वर्ष ०७६/०७७ मा जिम्मेवारी सरी आएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ९ महिनाभित्रको अवधिमा प्राथमिकता प्राप्त १०० थान मुद्दामा ८८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । 

Vianet communication
Laxmi Bank

जस अन्तर्गत जातीय विभेद, छुवाछुत, बालबालिकाको मुद्दा, पचहत्तर वर्ष उमेर माथिका पक्ष भएका मुद्दा रहेका छन् । मानव बेचविखन, जबरजस्ती करणी, घरेलुहिंसा, सम्बन्धित मुद्दालाई प्राथमिकता प्राप्त मुद्दा मानिएको अदालतले जनाएको छ । 

यस्तै ९ महिनाको अवधिमा साना प्रकृतिका ९९ थान मुद्दा मध्ये ९४ दशमलब २८ प्रतिशत मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतले जनाएको छ । जम्मा ७२ वटा थुनुवा मुद्दा मध्ये ९ महिनाको अवधिमा ९७ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । थुनुवा मुद्दामा एउटै मुद्दा एक भन्दा बढी वर्गमा परेको खण्डमा प्राथमिकता प्राप्त मुद्दा समावेश गर्ने कानूनी प्रावधान रहेको रजिष्ट्रार पौडेलको भनाइ छ ।

प्राथमिकता प्राप्त मुद्दा अन्तर्गत ९ महिनाको अवधिमा आर्थिक वर्ष २०७४/७५ मा  जिम्मेवारी सरेको ३ र नयाँ ११३ गरी ११६ दर्ता भएका थिए । साना प्रकृतिका जिम्मेवारी सरिआएका १४ र नयाँ दर्ता गरी जम्मा १०५ मुद्दाको जम्मा लगत रहेको  छ । साना प्रकृतिका १४ जिम्मेवारी सरिआएका ९१ नयाँ दर्ता गरी १०५ मुद्दाको जम्मा लगत रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा तिनै प्रकृतिका गरी आर्थिक वर्ष २०७४/७५ मा जिम्मेवारी सरी आएको २५ नयाँ दर्ता २७० जम्मा लगत २९५ रहेको छ । जम्मा २७१ मा ९१ दशमलव ८६ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

चालु आर्थिक वर्ष ०७६/०७७ मा ८८ थान मुद्दा सरी आएका छन् ।  यस्तै  चालु आर्थिक वर्षमा उच्च अदालत सुर्खेतले चौथौ रणनैतिक योजना समेत प्रारम्भ गरेको जनाएको छ । जसमा छिटो छरितो र गुणस्तरीय न्याय, न्यायपालिकाप्रतिको आस्था र अभिवृद्धि लगायत छन् ।

चालु आर्थिक वर्षमा ५६४ थान मुद्दा दर्ताको अनुमान राखेको अदालतले ६५२ जम्मा लगत हुने अनुमान गरेको छ । रजिष्ट्रार कृष्ण प्रसाद पौडेलका अनुसार अदालतमा ४ इजलास हुनु पर्नेमा १ वटा मात्रै इजलास भएकोले न्याय सम्पादनमा समस्या भइरहेको छ । अदालतमा पर्याप्त भवनको अभाव हुँदा ८ न्यायाधीश भएको उच्च अदालतमा काम गर्न असहज भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x