×

NMB BANK
NIC ASIA

अभिभावकमा शैक्षिक जागरण बढ्दै

साउन १५, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जाजरकोट – ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया विक सधैं घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेकी छन् ।

Muktinath Bank

उनी आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तर्क्रिया गरिरहन्छिन् । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिला दिलमायाको क्रियाशीलता देखेर आज दंग मात्र छैनन्, सल्लाह, सुझावसमेत माग्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने मात्र होइन, पढे, नपढेको प्रभावकारी अनुगमनसमेत दिलमाया गर्दै आएकी छन् ।


Advertisment
Nabil box
Kumari

उनले घरबाट २० मिटर ढाटा रहेको मन्मा आधारभूत विद्यालय कुम्लीमा दैनिक आएर छलफल समेत गरिरहेका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । उनी आएर छलफल गरेको देखेका अन्य अभिभावकसमेत आजभोलि विद्यालयमा आएर बालबालिकाको विषयमा बुझ्न थालेका छन् । अभिभावकमा चेतनाको विकाससमेत भएको उनीहरूको भनाइ छ । अनावश्यकरूपमा घुमेर खर्चिने समय अहिले बालबालिका पढाएर बित्ने गरेको अर्का अभिभावक दिनेश रोकायले बताए ।

Vianet communication
Laxmi Bank

विद्यालयमा आएर छलफल गर्दा शिक्षक र अभिभावकबीच सम्बन्धसमेत राम्रो हुने गरेको रोकायको भनाइ छ । विद्यालयमा नियमित अभिभावक आएर ‘केयर’ गर्दा शिक्षकसमेत विद्यालयमा नियमित र समयमा पुग्ने गरेका छन् । डोल्पाको दीगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा नेपाल)ले साविकका ३२ वटा गाविसमा यूएसएआइडी, आरटीआईको आर्थिक सहयोगमा कार्यक्रम गर्दै आएको छ ।

प्रारम्भिक चरणका बालबालिकाको शिक्षामा सुधार ल्याई उनीहरूको सर्वाङ्गिण विकास गर्ने लक्ष्यका साथ डोल्लाका कक्षा १ देखि ३ सम्मका करीब १०९ विद्यालयमा १९ महिने कार्यक्रम शुरू भई काम भइरहेको कार्यक्रम संयोजक योगेन्द्र बुढाले बताए । कार्यक्रम लागू भएदेखि हालसम्म जिल्लाका ८ स्थानीय तहका विद्यालयमा अन्तर्क्रिया, अभिभावक भेला र संयुक्त छलफल गरी खेलबाट पढाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञानसमेत दिइएको छ । 

विद्यालयमा मुखसम्म नदेखाउने र बालबालिकासमेत विद्यालयमा नपढाउने अभिभावक अहिले विद्यालयमा छोराछोरी ल्याएर विद्यालयमा छोड्ने र बेलुका लिन आउनेसम्मको वातावरण तयार भएको बुढाको भनाइ छ । कार्यक्रमको प्रभावकारिता निकै बढेको अर्का अनुगमनकर्ता शेरबहादुर खत्रीले बताए । अहिले डोल्पाका सबै घरमा विद्यार्थी पढाउनका लागि पढाइ कुना निर्माण गरिएको छ ।

खाना पकाउने कोठामा सीमित आकारको स्थानमा पढाइ कुना बनाएर दैनिक खाना पकाउने समयमा अभिभावकले छोराछोरी पढाउने गरेको अर्का कुम्लीका स्थानीय डम्बर रोकायले बताए । कार्यक्रममा ठाउँठाउँमा पढाइको लागि मेला आयोजनासमेत हुने गरेको छ ।

अभिभावक विद्यार्थी र जनप्रतिनिधिसँगै राखेर पढाइ मेला हुँदै आएको छ । पढाइ मेला भएपछि फोक्सुण्डो आधारभूत विद्यालय खदाङमा आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न सजिलो भएको अभिभावक तिले बुढाले बताए । विद्यालय परिसरमा शैक्षिक सामग्रीको प्रयोग र प्रभावका विषयमा समेत दिनहुँ छलफल हुँदै आएको छ । 

कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलमा बालबालिकालाई १/१ गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाएर पढाइ मेलामा छलफल गरिँदै आएको छ । आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जंगबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अंगुर खेतीलाई बजेट विनियोजन गरेकोमा अब नगरको पहिलो प्राथमिकता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x