×

NMB BANK
NIC ASIA

साइबर अपराध

फेसबूकबाटै यो भिडियोको फन्दामा परिन् नेपाली महिला, बंगाली अभियुक्तसम्म पुगेन प्रहरी

साउन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – झापाकी सुनिता (नाम परिर्वन) ले भर्खर–भर्खरै फेसबूक चलाउन थालेकी थिइन् । १२ कक्षा अध्ययन सकेर बसेकी १८ वर्षीया सुनितालाई फेसबूकमा नयाँ साथीको ‘फ्रेन्ड रिक्वेस्ट’ आइरहन्थे ।

Sagarmatha Cement
Muktinath Bank

कलेजका साथीभाइ, आफन्त लगायत प्रायः चिनेकाबाट नै उनलाई फ्रेन्ड रिक्वेस्ट आउँथ्यो र सबैलाई कन्फर्म पनि गर्थिन् । नयाँ–नयाँ फेसबूक आईडी भएकाले साथीहरूको फ्रेन्ड रिक्वेस्ट आउँदा उनलाई खुशी लाग्ने गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ चैत ३ गते सुनितालाई ‘नतालिया ज्याक’ नामबाट फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनले प्रोफाइल हेरिन्, केटीकै फोटो वालमा भएकाले उनले ‘कन्फर्म’ गरिन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि ‘हाइ’ भनेर म्यासेन्जरमा कुराकानी गर्न अनुरोध आयो, उनले ‘हेलो’ भन्दै प्रतिउत्तर गरिन् । यसरी उनीहरूबीच कुराकानी चलिरह्यो । २–३ महिनाको कुराकानीका क्रममा १ दिन नतालियाले सुनितालाई फोटो पठाउन अनुरोध गरिन् । राम्रै कुराकानी भइरहने भएकाले उनलाई फोटो पठाउन आपत्ति लागेन र पठाइदिइन् ।

Vianet communication
Laxmi Bank

केही दिनको अन्तरालपछि उनलाई म्यासेन्जरबाट एउटा फोटो आयो, तब सुनिता छागाँबाट खसेजस्तै भइन् । ती ‘नतालिया’ फेसबूक आईडी प्रयोगकर्ताले उनको टाउकोमा नाङ्गो फोटो जोडेर पठाइन् ।

त्यसपछि सुनितालाई नतालियाले ‘तिम्रो नाङ्गो भिडियो पठाऊ, होइन भने यो फोटो तिम्रा आफन्तलाई पठाइदिन्छु’ भन्दै धम्की दिन थालिन् । सुनिता फसादमा परिन्, दबाबमा आएर उनले नाङ्गो भिडियो समेत पठाइन् ।

पठाइएको भिडियोलाई इडिट गरी अश्लिल बनाएर ‘नतालिया’ले धम्की दिँदै आएको उजुरी साइबर अपराध अनुसन्धान ब्यूरोमा पुग्यो ।

ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द्र अर्यालले भने, ‘सामाजिक सञ्जालमा अपलोड गरिदिन्छु, आफन्तलाई पठाइदिन्छु भन्दै धम्की दिँदै आएका रहेछन् ।’ यतिबेलासम्म नतालियाले सुनिताका ३ जना साथी र घरपरिवारका सदस्यलाई पनि फेसबूकमा साथी बनाइसकेकी रहिछन् ।

ती अपरिचितले अस्मी १९६, सुस्मिता तामाङ र अञ्जली कँडेलको नाममा ‘फेक’ आईडी बनाएर सुनिताका अन्य ३ जना साथीलाई पनि भिडियो पठाइसकेको ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीन ताम्राकारले लोकान्तरलाई बताए ।

‘नतालिया भन्ने आईडीले उनको अस्लिल भिडियो पोर्न साइड एक्स भिडियो डटकम र एक्सएनएक्सएक्स डटकममा समेत अपलोड गरिसकेका रहेछन्,’ उनले भने, ‘सुनिताले गत जेठ ३ गते प्रहरीमा उजुरी दिएपछि सबै कुरा खुल्न आयो । त्यसपछि हामीले यसको अनुसन्धान थालेका हौं ।’

अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा ‘नतालिया ज्याक’ आईडी प्रयोगकर्ता केटी नभएको र कुनै बंगलादेशी केटाले फेक आईडी बनाएर साइबर अपराध गरेको खुल्न आएको ताम्राकारले बताए । ‘ती व्यक्तिले नतालिया भन्ने फेसबूक आईडी बंगालदेशबाट चलाउँदै आएका रहेछन् र उनले अमेरिकाको प्रोक्सी सर्भर चलाउँदै आएका रहेछन्,’ ताम्राकारले भने ।

अभियुक्तले बंगलादेशबाट आपराधिक गतिविधि गरेको देखिन आएको हुँदा ब्यूरोको क्षेत्राधिकार बाहिर देखिएकाले इन्टरपोलसँगको समन्वयमा कानूनको दायरामा ल्याउने कार्य अगाडि बढाइएको साइबर अपराध अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकास श्रेष्ठले बताए । ‘सिधै बंगलादेशमा गरेर अपराधीलाई समाउने कानून छैन । इन्टपोटसँग समन्वयमा हामीले काम गर्ने हो त्यसको प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।

दैनिक ४ देखि ८ वटा उजुरी

केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो ४ देखि ८ वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६.८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ । 

स्थापना भएको ३ महिनामा ब्यूरोमा फेसबूकका २ सय ४२ वटा, यूट्युबका ३ वटा, इन्स्ट्राग्रामका २ वटा, इमोका २ वटा, वेबसाइडमा २ वटा, ट्विटरका १ वटा र अन्यका १ वटा गरी २ सय ५३ उजुरी परेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले लोकान्तरलाई बताए ।

कति भए सामाजिक सञ्जालमार्फत अपराध ?

पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूक भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५र०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x