×

NMB BANK
NIC ASIA

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने विषयलाई लिएर विवादमा तानिएका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले २०७४ असोज २१ मा राजीनामा दिए । 

Muktinath Bank

आफू आईजीपीको प्रमुख दाबेदार हुँदाहुँदै अन्याय गरी अरूलाई नै आईजीपी बनाइएको जिकिर सहित उनले राजीनामा दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश अर्याल आईजीपी बनेपछि प्रहरी सेवा छाडेका सिलवाल तत्कालीन नेकपा एमालेमा प्रवेश गरे । हाल उनी ललितपुर क्षेत्र नम्बर १ का सांसद् हुन् ।


Advertisment
Nabil box
Kumari

२०७४ सालमै राजीनामा दिनेमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) शिला कंशाकार (कार्की) पनि छन् । प्राविधिक तर्फकी कंशकारले पनि प्रहरी सेवाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् ।

Vianet communication
Laxmi Bank

सोही वर्ष अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । आईजीपी बन्ने दौडमा रहेका खरेलले आफूले मौका नपाउने बुझेपछि राजीनामा दिएका थिए ।

ठूला पदमा पुगेर राजीनामा गर्ने यी प्रहरी अधिकारीहरू त उदाहरण मात्र हुन् । पछिल्लो समय सेवाबाट राजीनामा दिने प्रहरीको संख्या निकै बढेको छ ।

प्रहरीको जागिर छाड्ने बढ्दै !

जनताको जिउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समयमा राजीनामा दिनेको संख्या निकै बढेको प्रहरी प्रधान कार्यलयको तथ्याङ्कले देखाउँछ ।

२०७४ सालमा २.४५ प्रतिशत प्रहरीले राजीनामा दिएकोमा २०७५ आइपुग्दा त्यो संख्या ४.८३ प्रतिशत पुगेको छ । अर्थात् ०७४ मा भन्दा पछिल्लो वर्ष झण्डै दोब्बरले राजीनामा दिएका छन् ।

२०७४ सालमा ३ जना डीआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सई, २०२ जना असई, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १ हजार ७ सय ८१ जनाले राजीनामा दिए ।

०७५ सालमा ७ जना डीएसपी, १५ जना इन्स्पेक्टर, १ सय १३ जना सई, ३ सय ६६ जना असई, २ हजार १ सय ३६ जना हवल्दार, ९ सय २५ जना जवान र १ सय १ जना कार्यालय सहयोगी गरी ३ हजार ६ सय ५६ जनाले राजीनामा दिँदै जागिर छाडे । 

त्यसअघि २०७१ सालमा एकजना एसएसपी सहित १ हजार ७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सई, ३ सय ३९ जना असई, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १ हजार ७ सय २३ जनाले राजीनामा दिए ।

०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १ सय ३ जना सई, २ सय ८६ जना असई, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १ हजार २ सय ५२ जनाले राजीनामा दिए ।

०७३ सालमा एकजना एसएसपी, एक जना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सई, ३ सय ४ जना असई, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । 

यसरी ०७१ देखि २०७५ सम्म आइपुग्दा झण्डै १० हजार जनाले प्रहरीको सेवा त्यागेको देखिन्छ ।

परिवार चलाउनै मुस्किल

पहिलो त जागिरबाट आउने तलबले घरपरिवार खर्च चलाउन मुस्किल पर्नु नै हो ।

दिनानुदिन बढ्दो महंगी र बढ्दा आवश्यकताले गर्दा सेवाबाट आउने तलबले घर खर्च चलाउन नपुग्ने कारणले जागिर छोड्ने संख्यामा वृद्धि भएको प्रहरीका एक उच्च अधिकारीले बताउँछन् ।

उनले भने, ‘प्रहरीको सेवाबाट घर खर्च चलाउन सकिँदैन । यस्तो महंगी छ यसले गर्दा तलब त छोरा र छोरीको विद्यालय खर्चमै सकिन्छ, अरू कुरा कसरी चलाउनु ?’

यसरी ठूलो संख्यामा प्रहरीहरूले जागिर छाड्नुको अर्को कारण राजनीतिकरण पनि भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल प्रहरीमा अत्याधिक राजनीति छ, जसले गर्दा राम्रो काम गर्नेहरू पछि परेका छन् । नेताको चाकडी गर्नेहरू अगाडि आएका छन् । प्रहरी संठनलाई स्वतन्त्र रूपमा चल्न दिने हो भने धेरै राम्रो काम गर्न सक्छन् ।’

वैदेशिक रोजगारीमा बढ्दो अकर्षणले गर्दा पनि तल्लो दर्जाका प्रहरीले जागिर छोड्ने गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेले लोकान्तरलाई बताए ।

उनले भने, ‘पछिल्लो समय अन्य रोजगारीका अवसरहरूमा पनि बढेका छन् । यहाँ महंगीले पनि परिवार पाल्न धौ–धौ हुने अवस्था छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x