असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
काठमाडौं –
दिशा
हिमालय कता छ ?
मैले विद्यालय बाहिर चंगा उडाइरहेको
एक बालकलाई सोधें
उता – उता – उसले भन्यो
जतातिर उसको चंगा उडिरहेको थियो
म स्वीकार्छु
मैले पहिलोपटक थाहा पाएँ
हिमालय कता छ ।
जनहितको कार्य
अद्भुत थियो त्यो दृश्य
बादल बर्सिएर आकाश खुलिसकेको थियो
खेतहरू जोतिन तयार थिए
भाँचिएको एउटा हलो आलीमा लडिरहेको थियो
अनि एउटा चरा बारम्बार बारम्बार
हलोलाई आफ्नो चुच्चोले
उठाउने कोशिश गरिरहेको थियो
मैले त्यो दृश्य देखें र फर्किएँ
किनकि मलाई लाग्यो म त्यहाँ हुँदा
उसले गरिरहेको जनहितको काममा
अवरोध हुनेछ ।
नयाँ दिनसँगै
नयाँ दिनसँगै
एउटा खाली पातो खुल्यो
हाम्रो प्रेमको
बिहान,
यसमा कतै आफ्नो नाम त लेखिदेऊ !
अनेकौं अलच्छिना पानाहरूमा
यसलाई पनि कतै राखिदिनेछु
अनि जहिले जहिले हावा चलेर
बन्द पानालाई अचानक उडाउँछ
कतै भित्र
मयूरको प्वाँख झैं राखेको उक्त नामलाई
प्रत्येकपटक पढ्नेछु ।
हिन्दीका सुप्रसिद्ध साहित्यकार केदारनाथ सिंहको जन्म सन् १९३४ मा भएको थियो भने सन् २०१८ मा उनको निधन भयो । भारतीय ज्ञानपीठले सन् २०१३ मा उनलाई पुरस्कृत गरेको थियो । काव्यसाधनाका लागि उनले अनेकौं प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका थिए । उनका प्रमुख काव्यकृति जमीन पक रही है, यहां से देखो, उत्तर कबीर र बाघ हुन् । आफ्ना कवितामा उम्दा बिम्बविधान गर्न उनी सिपालु थिए । उनका कविताहरू सरल हुन्छन् तर तिनमा अर्थगाम्भीर्य प्रबल हुन्छ ।
अनुवाद : विन्देश दहाल
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...