×

NMB BANK
NIC ASIA

अब्बल चित्रकार चन्दा : दुवै मृगौला फेल भएर जीवन र मृत्युबीच संघर्ष गर्दै

साउन १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ की चित्रकार चन्दा कुमारी साह अहिले जीवन मृत्युबीच संघर्ष गरिरहेकी छन् । भारतको चण्डीगढ विश्वविद्यालयसँग आबद्ध विहारको तुलिका कला केन्द्र, मुजफ्फरपुरबाट फाइन आर्ट्समा स्नातकोत्तर गरेकी चन्दाको दुवै  मृगौला फेल भए पनि जिउने आत्मबल भने अत्यधिक छ । अबको ६ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नैपर्ने चिकित्सकले उनका श्रीमानलाई स्पष्ट रुपमा भनि सकेका छन् ।

Muktinath Bank

‘मलाई जसरी पनि बाँच्नु छ, र म बाँचेरै छाड्छु,’ चन्दाले हाँस्दै भनिन्, ‘मलाई मर्नु नै हुन्थ्यो भने चार वर्षअघि नै मरीसकेकी हुन्थें, जतिबेला किड्नीको समस्या भयो ।' मृगौला प्रत्यारोपणका लागि दाताको खोजीमा रहेकी उनलाई परिवारका सदस्यहरुमध्ये कोही न कोही तयार हुन्छन् भन्ने आत्मविश्वास पनि त्यतिकै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहकी पत्नी हुन्, चन्दा । भारतको बिहार माइत भएकी चन्दा पछिल्लो चार वर्षदेखि जीवन र मृत्युबीच संघर्ष गर्दै आएकी छन् । २०७२ साउन १२ गते जनकपुरको एउटा निजी अस्पतालमा उनले आफ्नो कान्छो छोरा जय प्रतापलाई जन्म दिएको दिनदेखि नै उनको मृगौलाले काम गर्न बन्द गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसअघि उनले आफ्ना दुई छोरीहरु ज्योत्सना र अल्पनालाई पनि जन्म दिइसकेकी थिइन् । ती दुई छोरीलाई जन्म दिने बेला उनलाई कुनै समस्या भएको थिएन । तर छोरालाई जन्म दिने बित्तिकै उनको स्वास्थ्य अवस्थामा खराबी देखिन थाल्यो ।

Vianet communication
Laxmi Bank

जनकपुरका चिकित्सकले उनको किड्नीमा समस्या छ भन्दै तत्काल ठूलो अस्पतालमा भर्ना गर्न चिकित्सकले सुझाव दिएपछि चन्दाका श्रीमान परमेश्वर साहले एम्बुलेन्समा धरान लगे । धरानमा चिकित्सकले त्यहाँ ठीक हुन नसक्ने जवाफ दिए । धरानबाट विराटनगर पुर्याइयो । तर त्यहाँपनि उनको उपचार हुन सकेन । विराटनगरबाट प्लेन मार्फत काठमाडौं लगियो । काठमाडौंस्थित सुमेरु अस्पतालमा उनलाई भर्ना गराइयो ।

३५ दिनसम्म त्यहाँ आइसियुमा चन्दालाई भर्ना गरियो, तर उनको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार हुन सकेन । यतिसम्म की उनी उठबस समेत गर्नसक्ने स्थितिमा थिएनन् । ‘त्यहाँ काठमाडौंको सुमेरु अस्पतालमा ३५ दिनमा मात्रै ४२ लाख रुपैयाँ खर्च भयो, तर पनि चन्दाको अवस्थामा केही पनि सुधार हुन सकेन,’ चन्दाका श्रीमान परमेश्वरले भने, ‘त्यति रुपैयाँ जुटाउन समस्या भइरहेकोले उक्त अस्पतालले रेफर समेत गरिरहेको थिएन ।’ जसो-तसो आफन्त, साथीभाई, तथा ससुराली समेतबाट पैसाको बन्दोबस्त गरेर काठमाडौं बाट एयर इन्डियाको जहाजमार्फत चन्दालाई भारतको दिल्ली पुर्याएको साहले बताए ।

दिल्लीको रोहिणी सेक्टर ३ स्थित जयपुर गोल्डेन अस्पतालमा भर्ना गराएपछि उनको स्वास्थ्य अवस्थामा सुधार भएको छ । करीब १ महिना जति त्यहाँको अस्पतालमा उनी भर्ना भईन् । दिल्लीबाट डिस्चार्ज भएर जनकपुर आउँदासम्म मात्रै करीब ५७ लाख रुपैयाँ जति खर्च भइसकेको परमेश्वरले बताए ।

बिगत चार वर्षदेखी चन्दा २४ घण्टामा १ लिटर खाने पानी मात्र पिउने गरेकी छन् । झोल पदार्थ नभएको खाने कुरा भने मज्जाले चन्दाले खाई रहेका छन् । तर पानी पिउनबाट डाक्टरले मनाही गरेका कारण औषधि सेवन गर्नेबेला मात्र अलि अलि पानी पिउने गरेकी छन् । ‘शुरूमा त २४ घण्टामा १ लिटर मात्र पानी पिउँदा धेरै प्यासले छटपटी हुन्थ्यो,’ चन्दाले भनिन्,‘तर अब त बानी नै परिसकेकाले प्यास नै लाग्दैन, लागे पनि आफुलाई नियन्त्रण गर्दै आएकी छु ।’

सप्ताहमा दुई वटा इन्जेक्सन र औषधीमा मात्रै मासिक ४० हजार रुपैयाँ खर्च भइरहेको साहले सुनाए । अहिले अब दिल्लीका चिकित्सकले पनि ६ महिना भित्रमा जसरी पनि मृगौला प्रत्यारोपण गर्नैपर्ने भनेर प्रष्ट रुपमा भनिसकेका छन् । नेपाल वा भारत जहाँ पनि किड्नी प्रत्यारोपणका लागि पारिवारिक सदस्यले नै दान गर्नसक्ने कानून भएकाले परिवारकै सदस्यले दान गर्नुपर्ने हुन्छ ।

शुरुमा त चन्दाका श्रीमान परमेश्वरले नै आफ्नो किड्नी दान गर्ने भनेका थिए । तर उनलाई मधुमेह रोग लागेका कारण चिकित्सकले हुन्न भनिदियो । चन्दाका बुवाले दिन तयार भएपछि ब्लड ग्रुप म्याच भएन । चन्दाका ५ जना दाजु छन् त्यसमध्ये सबै दाजुले दान गर्न तयार रहेकाले कुनै न कुनै दाजुले नै आफ्नो किड्नी दिनुहुन्छ भन्ने आशमा चन्दा छिन् । परिवारमा त्यस विकल्पबारे छलफल समेत चलेको छ ।

अब्बल चित्रकार

चन्दा मिथिला क्षेत्रका अब्बल चित्रकार हुन् । फाइन आर्ट्सदेखि आधुनिक आर्ट होस् वा लोक कला झल्किने फोल्क आर्ट्स, मिथिला चित्रकला सबैमा दख्खल त छँदैछ तर उनले पिपलको पातमा बनाउने चित्र अद्भुत नै हुन्छ । धागोले मात्र काम गरेर चित्र बनाउने देखि आयल कलर्सले बनाउने चित्रकारी उनको खास विशेषता हो ।

चन्दाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको चित्र पिपलको पातमा बनाएर प्रधानमन्त्री भएकै बेला उनलाई पठाएकी थिइन् । जनआन्दोलन सकिएपछि बनेको अन्तरिम सरकारका नेतृत्व गरिरहेका तत्कालीन प्रधानमन्त्री कोईरालाले उक्त तस्वीर प्रधानमन्त्री निवास बालुवाटारमा नै राखेका थिए ।

चन्दाका श्रीमान परमेश्वर नेपाली कांग्रेसका स्थानीय नेता भएकाले पनि उक्त चित्र प्रधानमन्त्री निवाससम्म पुर्याउन सहज भएको थियो । ‘चित्र हेरे पछि कोईरालाले चन्दाको प्रशंसा मात्र गरेनन्, काठमाडौंमा चन्दाले लगाएको एकल चित्रकला प्रदर्शनीमा प्रधानमन्त्रीको हैसियतमा कोईरालाले शुभकामना सन्देश नै लेखेर पठाउनु भएको थियो,’ परमेश्वरले सुनाए ।

यति मात्र होईन, चन्दाले पिपलकै पातमा भारतको तत्कालिन राष्ट्रपति एपीजे अब्दुल कलामको पनि चित्र बनाएर राष्ट्रपति निवासमा पठाएकी थिइन् । चित्र स्वीकार गरेर राष्ट्रपति कार्यालयबाट धन्यवादसहितको शुभकामना सन्देश कुरियर गरेर राष्ट्रपति कलामले पठाएको कुरियर चन्दाले देखाईन । मोनालिसा, विहारका मुख्यमन्त्री नीतिश कुमारदेखि विभिन्न व्यक्तित्वको चित्र बनाएर उनले एल्बम नै बनाएकी छिन् ।

पिपलको पातमा चित्र बनाउन त्यति सहज छैन । पिपलको पातलाई पानीमा गलाएर महिना दिन सम्म धोएर राख्नु पर्छ । पानीमा गले पछि पातको नशाहरु निकाल्नु पर्छ अनि सुखाएर राखेपछि मात्र त्यसमा चित्र बनाइन्छ । नत्र पात त सड्ने हुन्छ र चित्र लामो समय राख्नै सकिन्न । यसरी पिपलको पातमा आयल कलरले बनाएको चित्र १० वर्ष भन्दा पनि बढी समयसम्म संग्रह गरेर राख्न सकिने चन्दाले बताइन् ।

पिपलको पातमा विभिन्न चरा चुरुंगीको चित्र, गणेश भगवानदेखि विभिन्न देवी देउताका चित्र बनाएकी छिन् । धागोले मात्र मोनालिसाको बनेको उनको चित्र होस् वा भारतको बनारस घाटको चित्र होस्, मिथिला चित्रकलादेखि अन्य विभिन्न आधुनिक चित्र बनाएर उनले आफ्नो एल्बममा सजाएर राखेकी छिन् । एंकर कम्पनीको कसिदा धागोले चित्र बनाउने गरेको चन्दाले बताइन् ।

मिथिला कला, थारु कला, आदिवासी कला, माली कला झल्किने बिभिन्न चित्रहरु बनाएर राख्ने गरेकी छिन् ।

उनले विभिन्न समयमा नेपालको काठमाडौंस्थित दरबारमार्गको आर्ट सप ग्यालरीमा दुईपटक आफ्नो चित्रहरूको प्रदर्शनी गरिसकेकी छिन् । यति मात्र होईन जनकपुर, भारतको कलकत्ता, बेंगलोर, पटना आदि शहरहरूमा समेत आफ्नो चित्रको प्रदर्शनी गरिसकेकी छिन् ।

‘चित्र बनाउने काममा बढी फोकस हुँदा आँखा र टाउकोमा बढी असर पर्ने तथा टाउको दुख्ने गर्थ्यो, चन्दाले भनिन्,‘टाउको दुखेपछि पेन किलर औषधि बढी जसो समय खाने गरेका कारण किड्नी फेल भएको चिकित्सकले आंकलन गरेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x